जनताको सुझाव अनुसार काम गर्ने छु : प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पिताम्बर भुसाल (तस्बिर सहित )

जनताको सुझाव अनुसार काम गर्ने छु : प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पिताम्बर भुसाल

 

-नबिन के. सी , अर्घाखाँची ।

शितगंगा , अर्घाखाँची – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेकपा एमाले शितगंगा नगरकमिटीको पाँचौँ विस्तारित बैठक प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पिताम्बर भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा कार्ययोजना कार्यान्वयनका विषयमा व्यापक छलफल गरेको छ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि भुसालले जिल्लाबासीको शीर झुक्न नदिने गरी जिम्मेवार र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राजनीतिक दलले जनताको विश्वास जित्न सेवा, विकास र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो। पालिका कमिटीले स्पष्ट कार्ययोजना बनाएर जनताको घरदैलोमा पुग्नुपर्नेमा जोड दिँदै जनताको आवश्यकता र चाहनाअनुसार कार्यक्रम तथा विकासका काम अघि बढाइने बताउनुभयो।

बैठकमा नगरकमिटी अध्यक्ष सञ्जय रानेले आगामी निर्वाचनलाई केन्द्रमा राखेर तयार गरिएको कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले पार्टी संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै मतदाता केन्द्रित अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा नगरकमिटी उपाध्यक्ष नवराज भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने सचिव माधव अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । बैठकमा नगरकमिटी अन्तर्गतका १४ वटै वडाकमिटीका प्रतिनिधिहरूले आ–आफ्नो वडाको अवस्था, संगठनात्मक स्थिति, जनताको अपेक्षा तथा स्थानीय समस्या सम्बन्धी प्रतिवेदन र सुझावहरू प्रस्तुत गरेका थिए।

images

बैठकले पार्टी संगठनलाई थप सशक्त बनाउने, जनतासँगको सम्बन्ध सुदृढ गर्ने तथा आगामी निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको नगर कमिटी सचिव माधव अधिकारीले जानकारी दिनु भयो ।

 

#arghakhanchicom #arghakhanchidotcom #पिताम्बर_भुसाल #प्रतिनिधि_सभा #लोकतान्त्रिक_अधिकार #जनताको_सुझाव #NepalPolitics #Election2026 #युवा_सक्रियता #स्थानीय_विकास

Nepal life insuranceimagesimages

अन्य समाचारहरु