बुटवलमा औद्योगिक प्रदर्शनी सुरु ,तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

  -टोपराज शर्मा
बुटवल – सहयोगी 


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तुलनात्मक लाभ हुने क्षेत्रमा लगानी बढाउन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबारदेखि बुटवलमा सुरु भएको बाह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले तुलनात्मक लाभका क्षेत्रमा पर्याप्त लगानी गर्न नसक्दा मुलुकको औद्योगिक क्षेत्रले फड्को मार्न नसकेको स्पष्ट पारे ।