लन्डन , पुस १० क्रिकेट र विवाद, दुवै कहिल्यै टाढा भएनन् । साथमा लामो समयपछि यस वर्ष इंग्ल्यान्ड उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट वरीयतामा पहिलो नम्बरमा पुग्यो । सन् २०११ मा क्रिकेट मैदानमा नयाँ घटना भएनन् । तर मैदान बाहिरको घटनाले निकै चर्चा पायो । इङलिस कोर्टले ुस्पट(फिक्सिङु मा संलग्न भएका तीन पाकिस्तानी क्रिकेटर सलमान बट, मोहम्मद आमिर र मोहमद आसिफलाई जेल चलानको सजाय सुनायो । तीनै क्रिकेटर अघिल्लो वर्ष इंग्ल्यान्डविरुद्धको ुस्पट(फिक्सिङु मा मुछिएका हुन् । यसलगत्तै विभिन्न सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको भ्रष्टाचारविरुद्धका लागि खडा गरिएको युनिटमाथि कामप्रति प्रश्नचिह्न खडा गरेका छन् ।
अस्ट्रेलिया ओरालो
इंग्ल्यान्डले २१ वर्षसम्म अस्ट्रेलियाली भूमिमा टेस्ट शृङ्खला जितेको थिएन । उसले जनवरीमा ३(१ ले एसेज शृङ्खला कब्जा गर्यो । इंग्ल्यान्डको तिनै जित इनिङको हो । अस्ट्रेलियाका लागि शृङ्खला निकै दुःखदायी रह्यो । बायाँ हाते ब्याट्सम्यान एलेस्टर कुकले एसेज शृङ्खलामा ७ सय ६६ रन जोडे ।
उनले भारतमाथि ४(० को जित निकालेको शृङ्खलामा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले विश्वकप च्याम्पियन भारतविरुद्ध एकै इनिङमा २ सय ९४ रन बनाए । एसेजपछि अस्ट्रेलियाले दुःखद क्षण सुरु भयो । उसका ब्याट्सम्यान स्विङ र सिम बलिङसामु रन बटुल्नबाट चुके । नोभेम्बरमा दक्षिण अप्रिmकाविरुद्ध केपटाउनमा भएको खेलमा अस्टे्रलिया एक इनिङमा ४७ रनमै अलआउट भयो ।
डेब्यु बलर भेर्नन पिलान्डरले १५ ओभरमा ५ विकेट लिएपछि अस्ट्रेलिया समस्यामा परेको थियो । न्युजिल्यान्डले अलराउन्डर ड्यानियल भिटोरीबिना नै २६ वर्षपछि अस्ट्रेलियाली भूमिमा पहिलोपल्ट टेस्टमा सफलता हात पार्यो । अर्कोतर्फ ६ वर्षपछि टेस्टमा फर्केको जिम्बावेले बंगलादेशलाई १ सय ३० रनले हरायो ।
स्टेन उत्कृष्ट
दक्षिण अप्रिmकी सिम बलर डेल स्टेनले २२।८२ को औसतमा उत्कृष्ट बलिङ गरे । उनलाई विश्वका अहिलेसम्मका उत्कृष्ट बलरसँग तुलना गर्न थालिएको छ । डिसेम्बरमा उनी दोस्रो तीव्र गतिका बलरका रूपमा स्थापित भए । उनले ४९ टेस्टमै २ सय ५० विकेट हात पारे । जुन कीर्तिमान अस्ट्रेलियाका पूर्वसिम बलर डेनिस लिलेको नाममा मात्र छ । ुउनी दक्षिण अप्रिmकाकै उत्कृष्ट बलर
हुन् । सन् १९९१ पछि देखिएका बलरमध्येका राम्रा हुन्,ु दक्षिण अप्रिmकाका पूर्वकप्तान शन पोलाकले भने, ुबललाई आउट सुइङ गर्न सक्ने उनको क्षमता निकै राम्रो छ ।ु
क्रिस गायल र क्यारेबियन एडमिनिस्टे्रसनबीचको द्वन्द्वका कारण वेस्ट(इन्डिजको क्रिकेट पूरै छायामा पर्यो । क्यारेबियन एडमिनिस्ट्रेनले युवा टिमलाई प्राथमिकता दिँदा विश्वक्रिकेटका आक्रामक ब्याट्सम्यान ओझेलमा परे । भारत दौरान चार टेस्टमा वेस्ट(इन्डिज २(० ले पछि परे पनि तेस्रो टेस्टमा जित निकाल्यो । मुम्बईमा भएको चौथो टेस्टमा दुवैले बराबरी स्कोर गरे । र, टेस्ट बराबरीमै सकियो, जुन टेस्ट इतिहासमा भएको दोस्रो घटना थियो ।
केही क्रिकेटर रहेनन्
यो वर्ष क्रिकेटले केही राम्रो खेलाडी गुमायो । भारतका पूर्वकप्तान नवाव पटौदी, अस्ट्रेलियाका साम लोक्टन, इंग्ल्यान्डका पूर्वखेलाडी टे्रभोर बैले र ग्राहम दिली रहेनन् ।



