आइसल्याण्ड क्रिकेटले व्यंग्य गर्दै आइसीसीलाई भन्यो- पाकिस्तान विश्वकप नखेलेमा हामीलाई नबोलाउनू !

 

काठमाडौँ । आइसल्याण्ड क्रिकेटले पाकिस्तानले टी-२० विश्वकप बहिष्कार गर्ने धम्की दिएकोप्रति व्यंग्य गर्दै पाकिस्तानको सट्टा आइसल्याण्डलाई विश्वकप खेल्न नबोलाउन आइसीसीलाई आग्रह गरेको छ । आइसल्याण्डले आइसीसीलाई आग्रह गर्दै पाकिस्तानले टी-२० विश्वकपमा भाग नलिएमा आफुहरु उसको सट्टामा उपलब्ध हुन नसक्ने भन्दै व्यंग्य गरेको हो ।

आइसल्याण्डले छोटो समयमा स्कटल्याण्डले जस्तो तुरुन्तै विश्वकपमा सहभागी हुन नसक्ने भन्दै यो विषयलाई क्रिकेटकै भाषामा व्यंग्य गरेको छ ।

आइसल्याण्ड क्रिकेटले भनेको छ- ‘पाकिस्तान फिर्ता भएमा छोटो समय सीमाले हाम्रो टोलीलाई यो विश्वव्यापी क्रिकेट दृश्यमा प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न आवश्यक व्यावसायिक तरिकाले तयारी गर्न असम्भव छ । हामी स्कटल्याण्ड जस्तो छैनौं र किट प्रायोजक बिना नै आफ्नो इच्छा अनुसार विश्वकपमा आउन सक्षम छैन ।’

आइसल्याण्ड क्रिकेट यतिमा रोकिएन । उसले अगाडी आफ्ना क्रिकेटर अन्य क्षेत्रमा काम गर्ने हुनाले तुरुन्तै बोलाउन आउन नसक्ने बताएको छ । उसले कुनै खेलाडी सेनामा र कप्तान, एक पेशेवर बेकर भएको र उनले आफ्नो ओभनमा ध्यान दिनपर्ने हुनाले तुरन्तै आउन नसक्ने उल्लेख गरेको छ ।

आइसल्याण्ड क्रिकेटले अगाडी भनेको छ- ‘यो समाचार हाम्रा प्रशंसकहरूलाई अत्यन्तै निराशाजनक हुनेछ । पृथ्वीमा सबैभन्दा शान्तिपूर्ण राष्ट्र भए तापनि, हामी अनलाइन फलोअरहरूको सेना कायम राख्छौं र एक्समा विश्वको १४औं सबैभन्दा धेरै फलो गरिएको राष्ट्रिय बोर्ड हौं ।’ आइसल्याण्ड क्रिकेटले गरेको यो मजाकलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

बंगलादेशले भारतमा विश्वकप खेल्न नमानेपछि आइसीसीले उसको ठाउमा स्कटल्याण्डलाई विश्वकप खेल्ने अवसर दिएको छ । अब पाकिस्तानले पनि विश्वकप खेल्ने नखेल्ने बारे केहि दिनमा निर्णय दिने बताएको छ । सम्भवत पाकिस्तानले फेब्रुअरी २ मा यस विषयमा निर्णय लिने बताइएको छ । यसैबीच आइसल्याण्ड क्रिकेटले यस प्रसंगलाई सामाजिक सञ्जालमा व्यंग्यात्मक शैलीमा पोष्ट गर्दै आफुलाई चर्चामा ल्याएको छ ।

#IcelandCricket #ICC #PakistanCricket #WorldCup2026 #CricketNews #SportsUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages