

२०२६ को मिलान–कोर्टिना हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह फेब्रुअरी ६ मा आयोजना हुने तयारी भइरहेको छ । यस समारोहको नेतृत्व गरिरहेका प्रसिद्ध रचनात्मक निर्देशक मार्को बालिचले यसपटकको कार्यक्रम मानव–केन्द्रित हुने र यसले प्रविधिभन्दा बढी मानवतालाई जोड दिने बताउनुभएको छ ।

ओलम्पिक इतिहासमा पहिलो पटक उद्घाटन समारोह दुई फरक शहरहरू मिलान र कोर्टिना डी एम्पेज्जोमा एकैसाथ सञ्चालन गरिनेछ। खेलाडीहरूको परम्परागत परेड पनि मिलान, कोर्टिना, प्रेडाज्जो र लिभिग्नो गरी चार फरक स्थानहरूमा फैलिनेछ ।

जहाँ ९० भन्दा बढी देशका ३ हजार ५ सय भन्दा बढी खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । बालिचका अनुसार मिलानले मानवताको र कोर्टिनाले प्रकृतिको प्रतिनिधित्व गर्दछ । जसलाई सद्भावको थिममा जोडिनेछ । उनले सन् २००८ को बेइजिङ ओलम्पिकबाट प्रेरणा लिएको उल्लेख गर्दै यो समारोह विशेषगरी युवा पुस्ताका लागि शान्ति र एकताको बलियो सन्देश प्रवाह गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरेका छन् ।
#हिउँदेओलम्पिक२०२६ #ओलम्पिक #उद्घाटनसमारोह #मानवकेन्द्रित #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



