

काठमाडौँ । अमेरिकाको चर्चित यौन प्रकरण एपस्टाइन फाइलसँग सम्बन्धि थप लाखौं फाइल सार्बजनिक गरिएको छ । अमेरिकी न्याय मन्त्रालयले दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित लाखौं नयाँ फाइलहरू जारी गरेको हो ।

यस प्रकरणसँग सम्बन्धित ३० लाख पृष्ठ, एक लाख ८० हजार तस्बिर र दुई हजार भिडियो सार्वजनिक गरिएको छ । यसअघि, गत वर्ष डिसेम्बरमा हजारौं पृष्ठका कागजातहरू जारी गरिएका थिए ।
नयाँ कागजातहरूमा जेफ्री एपस्टाइनको जेलमा बिताएको समयको विवरणहरू, साथै नाबालिग केटीहरूको बेचबिखनमा सहयोग गरेको आरोपमा दोषी ठहरिएका एपस्टाइनका सहयोगी ग्लिन म्याक्सवेलमाथिको अनुसन्धानका रेकर्डहरू रहेका छन् ।
यसमा एपस्टाइन र उच्च-प्रोफाइल व्यक्तिहरू बीचका इमेलहरूपनि संलग्न रहेका छन् ।

नयाँ जारी गरिएका कागजातहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सयौं पटक उल्लेख गरिएको छ । यद्यपि, ट्रम्पले एपस्टाइनको यौन अपराधको बारेमा जानकारीलाई निरन्तर अस्वीकार गर्दै आएका छन् । एपस्टाइन प्रकरणमा समबन्धितहरूले ट्रम्पलाई कुनै पनि अपराधको आरोप लगाएका छैनन् ।
नयाँ कागजातहरूमा ट्रम्पविरुद्ध लगाइएका आरोपहरूको बारेमा सोध्दा, न्याय मन्त्रालयले केही कागजातहरूमा राष्ट्रपति ट्रम्पविरुद्ध झूटा र सनसनीपूर्ण दाबीहरू रहेको, ति कागजहरु २०२० को चुनावको केही समय अघि एफबीआईलाई पेश गरिएको बताएको छ ।
मन्त्रालयले भनेको छ- ‘स्पष्ट रूपमा, यी दाबीहरू आधारहीन र झूटा छन् र यदि तिनीहरूमा अलिकति पनि सत्यता भएको भए, तिनीहरू निश्चित रूपमा राष्ट्रपति ट्रम्प विरुद्ध प्रयोग भइसकेका हुन्थे।’
नयाँ फाइलहरूमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सविरुद्ध पनि सनसनीपूर्ण आरोपहरू छन् । बिल गेट्सका प्रवक्ताले यी आरोपहरूलाई पूर्णतया झुटो भनेका छन् ।
#EpsteinCase #अन्तर्राष्ट्रियसमाचार #InvestigationUpdate #GlobalNews #CrimeReport #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



