अस्ट्रेलियाको टी-२० क्रिकेट विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

 

काठमाडौँ । अस्ट्रेलियाले आइसीसी टी-२० क्रिकेट विश्वकपका लागि टिमको घोषणा गरेको छ । अस्ट्रेलियाले मिच मार्शको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । अस्ट्रेलियाले विश्वकपका लागि टेस्ट कप्तान पाट कमिन्स, स्टिभ स्मिथ र माथ्युज शर्टलाई बाहिर राखेर टिमको घोषणा गरिएको छ । यसमा कमिन्स इन्जुरिका कारण विश्वकपबाट बाहिर भएको बताइएको छ ।

अस्ट्रेलियाली टोली: मिच मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, बेन द्वारशुइस, क्यामरुन ग्रिन, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुन्नेम्यान, म्याथ्यू रेन्शा, मार्कस स्टोइनिस, एडम जाम्पा, जोश हजेलवूड, ग्लेन म्याक्सवेल, टिम डेभिड र नाथन एलिस रहेका छन् ।

आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

अस्ट्रेलियाले विश्वकपमा आफ्नो पहिलो खेल फेब्रुअरी ११ मा आयरल्याण्डविरुद्ध खेल्दैछ ।

#AustraliaCricket #T20WorldCup #CricketNews #SportsUpdate #AussieSquad #CricketFans #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages