

काठमाडौँ । इरानले युरोपियन युनियनलाई जवाफी कारवाही गरेको छ । युरोपियन युनियनले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतंकवादीको सूचीमा राखेपछि इरानले पनि अब सबै युरोपेली संघका सैन्य बलहरूलाई आतंकवादी समूह मान्ने निर्णय गरेको छ ।

इरानको संसदका सभामुख मोहम्मद बाघेर कालिबाफले इरानलले अब सबै युरोपेली संघका सैन्य बलहरूलाई आतंकवादी समूह मान्ने बताएका हुन् । उनको टिप्पणी गत हप्ता ईयूले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई देशव्यापी विरोध प्रदर्शनमा रक्तपातपूर्ण कारबाहीमा भूमिका खेलेकोमा आतंकवादी समूहको रूपमा सूचीबद्ध गर्न सहमति जनाएपछि आएको हो ।

कालिबाफले आफ्नो घोषणाको लागि २०१९ को कानूनलाई उद्धृत गरेका छन् । अमेरिकाले गार्डलाई आतंकवादी समूह घोषित गरेपछि यो कानून पारित गरिएको थियो । यसले इरानलाई त्यसो गर्ने कुनै पनि राष्ट्र विरुद्ध बदला लिन अनुमति दिन्छ । कालिबाफले संसदमा गार्डको पोशाक लगाएर यो घोषणा गरेका हुन् ।
यद्यपि, यो त्यस्तो समयमा आएको हो जब मध्य पूर्वमा तनाव बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य हमलाको तयारी गरिरहेका छन् । इरानले आइतबार र सोमबार रणनीतिक स्ट्रेट अफ होर्मुजमा सैन्य अभ्यासको योजना पनि बनाएको छ, जुन फारसी खाडीको साँघुरो मुहान हो जहाँबाट तेल व्यापारको पाँचौं भाग जान्छ ।

सभामुख कालिबाफले युरोपमा आतंकवाद फैलाउन सबैभन्दा ठूलो बाधा रहेको गार्डमाथि आक्रमण गर्ने प्रयास गरेर युरोपेलीहरूले वास्तवमा आफ्नै खुट्टामा बन्चरो हानेको टिप्पणी गरेका छन् । अमेरिकीहरूको अन्धो आज्ञाकारिताको माध्यमबाट, उनीहरूले फेरि एक पटक आफ्नै जनताको हितविरुद्ध निर्णय गरेको बताउदै उनीसहित सत्रमा उपस्थित सांसदहरूले अमेरिका मुर्दावाद ! र इजरायल मुर्दावाद ! को नारा लगाएका थिए ।
#इरान #युरोप #अन्तर्राष्ट्रियसमाचार #IranEuropeTension #GlobalNews #MiddleEastUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



