युएईमा २६७ नेपाली कैदीलाई माफी, नेपाल सरकारबाट कृतज्ञता प्रकट

 

काठमाडौँ । युएईले ५४औं राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीहरूलाई माफी दिएको छ ।

परराष्ट्र मन्त्रलायले २६७ नेपालीलाई उदारतापूर्वक दिइएको माफीप्रति नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति कृतज्ञता प्रकट गरेको छ ।

मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स बीचको विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र सौहार्दताको अभिव्यक्तिको रूपमा माफीको मैत्रीपूर्ण र मानवीय इशारालाई नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको प्रतिक्रियामा युएईको मैत्रीपूर्ण सरकारले माफीको निर्णय गरेको हो ।

माफी पाएका नेपाली नागरिकहरू, यदि उनीहरूसँग अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको र युएईको प्रचलित कानूनद्वारा तोकिए बमोजिम आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरेपछि नेपाल फर्किने मन्त्रालयले जनाएको छ ।

#युएई #नेपालीकैदी #नेपालसरकार #कृतज्ञता #InternationalNews #HumanitarianUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages