

काठमाडौँ । जल तथा मौसम विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर आंशिक बादल लागेको छ र तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभाव रहने साथै २०८२ माघ २० गते (मंगलबार) सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/बर्षाको सम्भावना रहेकोले ती भू-भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको विभागले जनाएको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।
#आजकोमौसम #WeatherUpdate #HimalayanSnowfall #RainForecast #NepalWeather #ClimateNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



