मस्कका अन्तरिक्ष, एआई र इन्टरनेट कम्पनि मर्ज

 

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यवसायी एलन मस्कले प्रविधि र अन्तरिक्षको दुनियाँमा ठूलो दाउ लगाएका छन् ।

मस्कले आफ्ना अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूलाई मर्ज गर्ने निर्णय गरेका छन् । उनको अन्तरिक्ष कम्पनी, स्पेसएक्सले एक्स एआईलाई अधिग्रहण गर्ने घोषणा गरेको छ । स्पेसएक्सले यो कदम मस्कको प्राविधिक शक्तिलाई अझ बलियो बनाउनको लागि लिइएको कुरामा पनि जोड दिएको छ  ।

Nepal life insurance

यो मर्जरसँगै, धेरै संस्थाहरूले अब यो नयाँ, ठूलो कम्पनीमा सँगै काम गर्नेछन्, जसमा मस्कको एआई च्याटबोट, ग्रोक, उपग्रह सञ्चार कम्पनी स्टारलिङ्क, र सामाजिक सञ्जाल प्लेटफर्म एक्स समावेश छन् । मस्कले उनको सपना भविष्यमा अन्तरिक्षमा डाटा सेन्टरहरू, ठूला कम्प्युटर र सर्भरहरू चलाउने रहेको बताउदै आएका छन ।

प्राविधिक संसारमा मस्कको यो मास्टरस्ट्रोकले प्रविधिको विकासलाई गति दिने र विश्वव्यापी रूपमा इन्टरनेट र एआईमा पहुँचलाई सहज बनाउने विश्लेषण गरिएको छ । विशेष गरी यो कदम वर्षको अन्त्यसम्ममा यो नयाँ सुपरटेक कम्पनीलाई स्टक बजारमा ल्याउने मस्कको ठूलो योजनाको एक हिस्सा भएको बताइएको छ । यसको अर्थ कम्पनीले आईपीओ मार्फत जानेछ, जसले गर्दा साधारण मानिसहरूले यसमा लगानी गर्न सक्नेछन् । मस्कले एउटा यस्तो कम्पनी निर्माण गर्दैछन् जसले अन्तरिक्ष, एआई र इन्टरनेटको क्षेत्रमा आफ्नो शक्तिलाई संयोजन गर्नेछ ।

#ElonMusk #SpaceX #AIInnovation #InternetTechnology #TechMerge #FutureTech #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages