

काठमाडौँ । अमेरिका र भारतवीच व्यापार सम्न्झौता भएको घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र संयुक्त राज्य अमेरिका बीचको लामो समयदेखि प्रतिक्षित व्यापार सम्झौताको घोषणा गरेका हुन् । ट्रम्पले अमेरिकाले भारतमा कर ५० प्रतिशतबाट घटाएर १८ प्रतिशत गरेको बताएका छन् ।

ट्रम्पले अप्रिलमा २५ प्रतिशत पारस्परिक कर लगाए र अगस्टमा रूसबाट तेल खरिद गरेको भन्दै २५ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए । नयाँ सम्झौता अनुसार अमेरिकाले रुसको तेल खरिद गरेको भन्दै लगाएको कर पुरै हटाएको छ भने अब भारतलाई कुल १८ प्रतिशत मात्र कर लगाउने भएको छ । ट्रम्पका अनुसार, आवश्यक परेमा, भारतले भेनेजुएलाबाट तेल किन्ने पनि बताएका छन् ।सम्झौताको घोषणा गर्दै ट्रम्पले भनेका छन्- ‘आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न पाउनु मेरो लागि सम्मानको कुरा थियो ।


हामीले रूस-युक्रेन युद्ध सहित धेरै मुद्दाहरूमा छलफल गर्यौं । प्रधानमन्त्री मोदी रूसबाट तेल खरिद गर्न बन्द गर्न सहमत भए । भारतले अब अमेरिकाबाट थप तेल किन्नेछ । हामीले भेनेजुएलाबाट तेल खरिद गर्ने सम्भावनाको बारेमा पनि छलफल गर्यौं । यसले युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न मद्दत गर्नेछ, जहाँ हरेक हप्ता हजारौं मानिसहरू मरिरहेका छन् । मित्रता, सम्मान र प्रधानमन्त्री मोदीको अनुरोधमा, हामीले तुरुन्तै अमेरिका र भारत बीचको व्यापार सम्झौतामा सहमत भएका छौं । यस अन्तर्गत, अमेरिकाले भारतमा लगाइएको पारस्परिक करलाई २५% बाट १८% मा घटाउनेछ ।

भारतले अमेरिका विरुद्धको आफ्नो कर र गैर-कर अवरोधहरूलाई शून्यमा घटाउन पनि अगाडि बढ्नेछ । भारतले संयुक्त राज्य अमेरिकाबाट ५०० अर्ब डलरभन्दा बढीको ऊर्जा, प्रविधि, कृषि, कोइला र अन्य उत्पादनहरू खरिद गर्नेछ । मलाई विश्वास छ कि भविष्यमा भारत र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अझ बलियो हुनेछ ।’
#USIndiaDeal #TradeAgreement #EconomicUpdate #GlobalBusiness #TaxReduction #InternationalRelations #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



