होटल फरेस्ट इनको आइपिओ आजदेखि खुला

 

काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि खुला गरेको हो ।

आईपीओको लागि आजदेखि २६ गतेसम्म र पर्याप्त आवेदन नपरेमा फागुन ८ गतेसम्म खुला हुने बताइएको छ । कम्पनीको जारी पूँजी २ अर्ब रहेको छ । यसमध्ये २० प्रतिशत  अर्थात् ४० लाख इकाई शेयर, सर्वसाधारणका लागि जारी गरिने भनिएकोमा यसको १० प्रतिशत ले हुन आउने ४ लाख कित्ता शेयर यसअघि नै विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो ।

सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ र कुल प्रस्तावित शेयरको ५ प्रतिशत अर्थात् २ लाख कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहेको ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

आईपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता शेयरक आवेदन दिन सकिने छ ।

केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडको दीर्घकालीन बैंक सुविधाहरूलाई ‘केयर-एनपी बीबी-’ रेटिङ दिएको छ । यसले मध्यम जोखिमलाई जनाउछ ।

#HotelForestInn #IPOUpdate #ShareMarketNepal #NepseNews #InvestmentNepal #FinanceUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages