

काठमाडौँ । आइसीसी टी-२० विश्वकप शनिबारदेखि शुरु हुदै छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् ।
टी-२० विश्वकपमा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

भारत टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२४ मा अमेरिका र वेस्ट इण्डिजमा भएको विश्वकपमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकप्को यो दशौँ सिजन हो । यस अघि सम्पन्न नौं विश्वकपमा सबैभन्दा बढी भारत, इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी-२० विश्वकप जितेको थियो । त्यस्तै भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो ।

त्यस्तै अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक टी-२० विश्वकप जितेका छन् । अस्ट्रेलियाले २०२१ मा. श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो । त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजील्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी-२० विश्वकप जित्न सकेका छैनन् ।
न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९, २०१४ मा सेमिफाइनल र २०२४ मा फाइनलसम्म पुगेको थियो । त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन् । त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एक एक पटक सुपर १२ सम्म पुगेका छन् ।

त्यस्तै नेपालले भने यस अघि २०२४ को विश्वकपमा १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको थियो । नेपालले त्यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो । गत विश्वकपमा नेपालले ४ खेलमा ३ खेलमा हर बेहोरेको थियो भने एक खेलको नतिजा नआउदा अंक बाडेर समुह चरणबाटै बाहिरिएको थियो । नेपाल दक्षिण अफ्रिकासँग केवल १ रनले पराजित भएको थियो बंगलादेशसँग २१ रनले हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको नेपाल श्रीलंकासँगको खेल बर्षाले हुन नसक्दा अंक बाँडेको थियो । नेपालले यस पटक तेस्रो पटक विश्वकपमा सहभागिता जनाउदैछ ।
#T20WorldCup #CricketStats #WorldChampions #CricketHistory #SportsUpdate #GlobalCricket #CricketFans #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



