काठमाडौ, पुस १७ जापानी सफलता
जापानी फुटबलका लागि सन् २०११ सुखद रह्यो र जापानी सफलता एसियाली फुटबलका लागि पनि सकारात्मक । जापानले सुरुमा चौथोपल्ट एसिया कप जित्यो । त्यसका लागि ुसुमुराइ ब्लुु ले सेमिफाइनलमा दक्षिण कोरिया र फाइनलमा अस्टे्रलियालाई हरायो । त्यसैले जापानको उपाधिसम्मको यात्रा विशिष्ट रह्यो । त्यो भन्दा ठूलो जापानी महिला फुटबल टिमले जर्मनीमा भएको विश्वकप जित्यो ।
एसियाली टिमले कुनै पनि आधिकारिक विश्वकप जितेको यो पहिलोपल्ट थियो । जापानी महिला फुटबल टिमको सफलता पनि त्यसले बेहोरेको प्राकृतिक प्रकोपपछि राहतका रूपमा आएको थियो ।
हमामको निलम्बन
सन् २०११ को आधा समय सायद एसियाली फुटबल गलत कारणले चर्चामा रह्यो । कतारी मोहम्मद विन हमामले नौ वर्षसम्म लगातार एसियाली फुटबल हाँके र सोचे, अब फिफाको पालो हो । हमामले अन्तर्राष्ट्रिय फुटबल महासंघको अध्यक्षका लागि चुनौती पेस गर्ने भए । उनका प्रतिद्वन्द्वी थिए, सेप ब्लाटर । घटनाले कस्तो नाटकीय मोड लियो भने उनीमाथि भोट किन्न खोजेको आरोप
लाग्यो र अन्ततः आपmनो नामसमेत फिर्ता लिन बाध्य भए । हुँदाहुँदा उनले एसियाली नेतृत्व पनि गुमाए ।
दक्षिण कोरियामा खेल मिलेमतो
एसियाको सर्वाधिक पुरानो व्यावसायिक लिग पmुुटबल सन् २०११ मा नराम्रोसँग खेल मिलेमतो प्रकरणमा फस्यो । यो मुद्दाले पूरा दक्षिण कोरियालाई हल्लाउने कामसमेत गर्यो । पुराना र नयाँ गरेर ६० खेलाडीमाथि कानुनी प्रक्रिया चल्यो । यो प्रक्रिया कतिसम्म जटिल रह्यो भने दुई जनाले आत्महत्यासमेत गर्नु पर्यो । दक्षिण कोरियाली फुटबल संघ र के(लिगले अब आफूहरू मिलेमतोबाट मुक्त भएको दाबी पनि गर्यो, तर अझै अनुत्तरित प्रश्न धेरै छन् ।
अल सादको अविश्वसनीय यात्रा
कतारी क्लब अल साद एसियाको सर्वाधिक लोकप्रिय क्लब होइन, न त यो उत्तिकै उत्कृष्ट छ । तर उसले एसियाली च्याम्पियन्स लिग जितेर सबैलाई अचम्ममा पार्यो र उसको त्यो यात्रा आपंmैमा अविश्वसनीय थियो । स्तब्धपूर्ण पनि । क्वाटरफाइनलमा इरानको सेपाहनसँगका दुवै लेगका खेल उसले गुमाएको थियो । तर सेपाहनले गलत खेलाडी खेलाएको आरोपमा सल साद अगाडि पुग्यो । सुवान ब्लुविङविरुद्ध सेमिफाइनलमा अल सादको जित विवादास्पद रह्यो । फाइनलमा जेनबुक मोटर्सविरुद्ध खराब खेलेर पनि उपाधि जित्यो । त्यो भन्दा पनि ठूलो अल साद प्रतियोगितामा छनोटसमेत भएको थिएन, भियतनामको प्रतिनिधित्व गर्दै खेल्न लागेको टिम अयोग्य भएपछि मात्र अल सादले च्याम्पियन्स लिग खेल्न पाएको हो ।
प्यालेस्टाइन र लेवनानको प्रगति
सन् २०११ मा प्यालेस्टाइनले पहिलोपल्ट विश्वकप छनोट खेल्यो, आपmनै भूमिमा । लेवनानले पनि विश्वकप छनोटमा मीठो सफलता हात पार्यो । छनोटको अन्तिम चरण पुग्ने क्रममा उसले दक्षिण कोरियालाई २(१ ले स्तब्ध पार्यो ।
बहराइनमा खेलाडीमाथि ज्यादती
बहराइन सानो राष्ट्र भए तापनि फुटबलमा बलियो मानिन्छ । अन्यथा बहराइन सन् २००६ र २०१० को विश्वकप छनोटको संघारमा पुग्ने थिएन । बहराइन सन् २०१४ को छनोटमा राम्रो प्रदर्शन गर्न पनि आतुर छ । पूरा देश भने अहिले अप्रिmकी प्रजातन्त्रको आन्दोलनमा होमिएको छ । यस्तोमा त्यहाँको सरकारले आन्दोलनमा लागेको शंकामा फुटबलका केही खेलाडीलाई समात्ने काम गर्यो र तिनीहरूलाई निर्मतापूर्वक कुटपिट पनि गर्यो ।
इन्डोनेसियाले पाएको मुक्ति
लामो समयदेखि इन्डोनेसियाली फुटबल हाँक्ने काम नुरुद्दिन हलिडले गरिरहेका थिए । उनी तानाशाह प्रवृत्तिका थिए नै, उनीमाथि लगातार भ्रष्टाचारको आरोप पनि थियो । कानुनी रूपमा उनी अपराधी पनि ठहरिसकेका थिए । स्थिति के आयो भने फिफा स्वयंले अब नुरुद्दिन इन्डोनेसियाली फुटबल संघको अध्यक्ष बन्न ठीक छैनन् भन्नु पर्यो । धेरैलाई लागेको छ, अब फिफाले सरकारी हस्तक्षेपको निहुँमा भ्रष्टहरूलाई पनि साथ दिइरहनुहुन्न ।
एसियाली बढ्दो माग
अन्तर्राष्ट्रिय फुटबलमा यस वर्ष एसियाली खेलाडीको माग अविश्वसनीय रूपमा बढ्यो । एसियाली खेलाडीहरू पनि युरोपका ठूलाठूला क्लबसँग अनुबन्धित हुने क्रम बढ्यो । अर्कोतर्फ युरोपकै नाम चलेका खेलाडी एसियाली लिगमा आउने क्रम पनि बढ्यो ।
चिनियाँ असफलता
चीनले एकपल्ट फेरि विश्वकप छनोटमा खराब खेल्यो र एसियाली छनोटको अन्तिम चरण पनि पुग्न सकेन । विश्वकै सर्वाधिक जनसंख्या र विशाल देशले एसियाली फुटबलमा पनि राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । चीन विश्वकपमा छनोट हुन असफल भएको पनि लगातार तेस्र्रोपल्ट भइसकेको छ ।
एकैपल्ट विश्वकप अन्तिम चरण खेलेको इतिहासले चिनियाँलाई खुसी राख्न सक्दैन ।
अफगान सफलता
अफगानिस्तानको फिफा वरीयतामा स्थिति राम्रो छैन । देश आफैलगातारको गृहयुद्धमा फसिरहेको छ । यस्तोमा त्यहाँको फुटबल टिमबाट धेरै अपेक्षा गर्न पनि सकिन्न । तर यसै अफगान टोलीले दक्षिण एसियाली फुटबलको फाइनलमा पुगेर इतिहास रच्यो । अफगानिस्तान फाइनलमा भारतसँग पराजित त रह्यो, तर उपविजेताको सफलता पनि कम्ती ठूलो होइन ।



