अर्घाखाँची: “विकास र जनताको सुख–दुःखमा साथ दिएको छु, किसानको पीडा मेरो मुद्दा हो, एकपटक भोट दिनुहोस्”- कांग्रेस प्रतिनिधि सभा उम्मेदवार विष्णु मुस्कान

 

-अर्घाखाँची डटकम सम्बाददाता ।

अर्घाखाँची । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णुप्रसाद खनाल ‘मुस्कान’ ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको वडा नम्बर ६ शिवादह, वडा नम्बर ५ जुकेना (गल्दा) र वडा नम्बर ४ ठाडा क्षेत्रमा आज मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ।

Nepal life insurance

घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै नेता खनालले अर्घाखाँची जिल्लाको विकास निर्माण, सामाजिक सेवा तथा जनताको दैनिक समस्या समाधानमा आफू सधैं सक्रिय रहेको उल्लेख गर्नुभयो। उहाँले भने, “म अर्घाखाँचीका टोल–टोलको भूगोल, यहाँका समस्या र जनताको पीडा राम्ररी बुझ्ने नेता हुँ। त्यसैले जनताको मन बुझेर काम गर्ने मेरो प्रतिबद्धता हो।”

May be an image of one or more people and people studying

नेता खनालले विगतमा जिल्लामा भएका विकासका प्रयासलाई निरन्तरता दिँदै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार अर्घाखाँचीका ग्रामीण बस्तीहरूमा अझै पनि आधारभूत सेवा अभाव रहेकोले संघीय सरकारबाट जिल्लाले पाउनुपर्ने हक र बजेट ल्याउन आफू दृढताका साथ लाग्नेछु।

May be an image of one or more people

घरदैलो क्रममा उठेका कृषि क्षेत्रमा बाँदर र बदेल जस्ता वन्यजन्तुका कारण कृषकहरू विस्थापित हुने अवस्था प्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेता खनालले यस समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गर्नुभयो।

May be an image of one or more people and text

उहाँले भन्नुभयो, “किसान पलायन रोक्न बाँदर र बदेलको समस्या समाधान गर्नैपर्छ। त्यसका लागि पशु विज्ञ, वातावरणविद् र सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक कानुनी व्यवस्था गरिनेछ।”

May be an image of one or more people

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ ले अर्घाखाँची कांग्रेस अहिले पूर्ण रूपमा एकजुट भएको बताउँदै यसपटक कांग्रेसका उम्मेदवारलाई जिताएर विकास र लोकतन्त्रको पक्षमा बलियो आवाज निर्माण गरिने बताउनुभयो। त्यसैगरी महासमिति सदस्य लेखनाथ पोखरेल ले कांग्रेस नेतृत्वमा मात्र अर्घाखाँचीको दिगो विकास सम्भव हुने दाबी गर्नुभयो।

May be an image of one or more people and text

सितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, पूर्व नगर प्रमुख सूर्यप्रसाद अधिकारी, अर्घाखाँचीको समानुपातिक उम्मेदवार ललिता सुनार, वडा नम्बर ६ का वडा अध्यक्ष चन्द्रमणि बेलबासे लगायतका नेताहरूले आ–आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेस जनताको पार्टी भएकाले जनताले यसपटक कांग्रेसका उम्मेदवार विष्णु मुस्कानलाई भारी मतले जिताउने विश्वास व्यक्त गरे।

May be an image of one or more people

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य मणिराम परियार, कांग्रेस नेता यादव घिमिरे, जिल्ला सहसचिव मेघराज पाण्डे लगायत जिल्लाका तथा स्थानीय तहका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of one or more people

स्थानीय मतदाताहरूले पनि विकास निर्माण, कृषि सुरक्षा र रोजगारीका विषयमा उठाएका जिज्ञासामा उम्मेदवार तथा नेताहरूले स्पष्ट जवाफ दिएका थिए।

#Arghakhanchi #Sitganga #VishnuMuskhan #NepaliCongress #GhardailoAbhiyan #Election2026 #CongressArghakhanchi #Jukena #Shivadah #Thada #JanataSangaNetritwa #KisanKoAwaj #BikasKoCommitment

 

Nepal life insuranceimagesimages

अन्य समाचारहरु