काठमाडौं, १८ पुस राजधानीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलियम पदार्थको अभावसँग राजधानीमा सवारी साधनको चाप कम भएको छ । विहानैदेखि पेट्रोल पम्पमा तेलका लागि सवारी साधनको लामो लाइन लागेका छन् ।
सवारी साधनको संख्या कम भएपछि गन्तव्यमा पुग्ने यात्रुहरु अलपत्रमा परेका छन् । यात्रुहरु गन्तव्यमा पुग्नका लागि यात्रुहरु झुन्डिएर समेत यात्रा गर्न बाध्य भएका छन् । अहिले देखिएको अभाव कम गर्न अझै एक हप्ता लाग्ने सरकारले बताइसकेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट ऋण लिए सरकारले भारतीय आयल कर्पोरेसनलाई तिर्ने तयारी गरिरहेको छ । झन्डै ३ अर्ब रुपैयाँ तिर्न नसकेपछि आईआसीले आयल निगमलाई प्रयाप्त मात्रामा पेट्रोलियम पदार्थ दिइरहेको छैन् ।



