नेपालका लागि थाईल्याण्डका राजदूत मारिस सांगियामपोंग्सा भिक्षु जीवनको अनुभव गर्न केही दिनदेखि लुम्बिनीमा ध्यानमा रहनु भएको छ ।
भगवान बुद्धले बिताएको जीवन र दिनचर्याको अनुभब गर्न राजदुत १० दिनका लागि लुम्बिनीमा ध्यानमा बस्नुभएको हो ।
संचारकर्मीसंग कुरा गर्दै राजदूत मारिसले शान्तिपुर्ण समाज निर्माणका लागि जीवनमा एक पटक सबैले भिक्षु जीवनमा प्रवेश गर्नुपर्ने बताउनु भयो ।
साथै, उहांले यस्तो अभियानले लुम्बिनी भ्रमण बर्ष २०१२ लाई समेत सफल पार्न मद्दत पुग्ने पनि बताउनुभयो ।