

काठमाडौँ । बलिवुडका चर्चित लेखक सलीम खानलाई भेन्टिलेटरमा राखिएको छ । मंगलबार बिहान मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएकोमा खानलाई हाल भेन्टिलेटरमा राखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनलाई उच्च रक्तचाप र अचानक असहजता महसुस भएपछि अस्पताल लगिएको थियो । परीक्षणका क्रममा मस्तिष्कमा रगत जमेको तथा रक्तस्राव भएको पाइएको जनाइएको रिपोर्टमा उल्लेख छ ।
उनी चर्चित अभिनेता सलमान खान का पिता हुन् । परिवारको अनुमति पछि बिहान ११ बजे औपचारिक स्वास्थ्य विवरण सार्वजनिक गरिने बताइएको छ ।
सलीम खान सन् ७० र ८० को दशकमा जावेद अख्तरसँगको सहकार्यमा चर्चित चलचित्रहरूको कथा लेखनका लागि परिचित छन् । उनले अन्दाज, हाथी मेरे साथी, सीता और गीता, यादों की बारात, ज़ंजीर, शोले, दीवार, डॉन, त्रिशूल, काला पत्थर, दोस्ताना, शान, शक्ति र क्रांति लगायतका सफल चलचित्रमा कथा लेखेका थिए ।
#सलिमखान #बलिउडसमाचार #स्वास्थ्यअपडेट #समसामयिकघटना #मनोरञ्जनसमाचार #भारतसमाचार #सेलिब्रिटीअपडेट #फिल्मजगत #मुख्यसमाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



