इरान र रुसको संयुक्त सैनिक अभ्यास

 

काठमाडौँ । इरानले रुससँग वार्षिक सैनिक युद्ध अभ्यास सम्पन्न गरेको छ । यो अभ्यास त्यस्तो समयमा भएको हो, जब अमेरिकाको विमानवाहक युद्धपोत पश्चिम एसियातर्फ नजिकिँदै गएको छ । तेहरानको आणविक कार्यक्रमबारे वार्ता असफल भए युद्धका लागि तयार रहने संकेत दुवै पक्षबाट दिइएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सहमति हुने आशा व्यक्त गरेका छन् । तर, तेहरानको आणविक कार्यक्रमबारे वार्ता लामो समयदेखि ठप्प छ । इरानले अमेरिका र इजारयलका मागहरूबारे छलफल गर्न अस्वीकार गरेको छ। अमेरिका र इजरायलले इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम घटाउनुपर्ने र सशस्त्र समूहहरूसँगको सम्बन्ध तोड्नुपर्ने अडान राख्दै आएका छन् । पछिल्ला साताहरूमा अप्रत्यक्ष वार्ता भए पनि उल्लेख्य प्रगति हुन सकेको छैन । दुवै पक्षले यही समयलाई युद्ध तयारीका रूपमा प्रयोग गरिरहेको आशंका पनि व्यक्त गरिएको छ ।

गत वर्ष इजरायल र अमेरिकासँग १२ दिनसम्म चलेको द्वन्द्व तथा जनवरीमा प्रदर्शनकारीमाथि भएको कडा दमनपछि इरानी सरकार कमजोर बनेको विश्लेषण गरिन्छ । यद्यपि, इरान अझै पनि इस्राइल र अमेरिकाका लक्ष्यमा आक्रमण गर्न सक्षम रहेको दाबी गर्छ । उसले कुनै पनि हमला भए त्यसले क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएको छ ।

यसै साता इरानले हर्मुज जलडमरूमध्यमा प्रत्यक्ष गोली प्रहारसहितको युद्ध अभ्यास गरेको थियो । यो फारसको खाडीको साँघुरो समुद्री मार्ग हो, जहाँबाट विश्व व्यापारिक तेलको करिब पाँचौं भाग ओहोरदोहोर हुन्छ ।

इरानभित्र पनि तनाव बढ्दो छ । सुरक्षा बलको कारबाहीमा ज्यान गुमाएका प्रदर्शनकारीहरूको मृत्युको ४० दिन पुगेको अवसरमा शोकसभा आयोजना गरिएको छ । केही स्थानमा सरकारविरुद्ध नाराबाजीसमेत भएको छ । अधिकारीहरूले भने अशान्ति फैलाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

#इरानरुसअभ्यास #JointMilitaryExercise #InternationalNews #GlobalUpdate #DefenseNews #MilitaryCooperation #समसामयिकसमाचार #राष्ट्रियसमाचार #मुख्यसमाचार #NepalNews #WorldAffairs #Geopolitics #IranRussia #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages