इरान बारे १० दिनभित्र निर्णय स्पष्ट हुन्छ- ट्रम्प

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी १० दिनभित्र अमेरिका इरानसँग सहमतिमा पुग्ने कि सैनिक कारबाही गर्ने भन्ने विषय स्पष्ट हुने बताएका छन् ।

वासिङ्टन डिसीमा आयोजित ‘शान्ति बोर्ड’ को उद्घाटन बैठकलाई सम्बोधन गर्दै उनले इरानको आणविक कार्यक्रमबारे जारी वार्ताका सन्दर्भमा यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भने- ‘हामीले अर्थपूर्ण सहमति गर्नैपर्छ, नत्र नराम्रा परिणाम आउन सक्छन् ।’ ट्रम्पले विगतका अनुभवले इरानसँग सार्थक सम्झौता गर्न सजिलो नभएको प्रमाणित गरेको पनि उल्लेख गरेका छन् ।

पछिल्ला दिनहरूमा अमेरिकाले पश्चिम एसियामा आफ्नो सैनिक उपस्थिति बढाएको छ । यता, स्विट्जरल्यान्डमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको वार्तामा केही प्रगति भएको समाचारसमेत सार्वजनिक भएको छ । यसैबीच, अमेरिकी संसदका डेमोक्रेटिक दलका सांसदहरू तथा केही रिपब्लिकन नेताहरूले संसदको स्वीकृतिविना इरानमाथि सम्भावित सैनिक कारबाही नगर्न चेतावनी दिएका छन् ।

सम्बोधनका क्रममा ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले इरानसँग धेरै सकारात्मक बैठकहरू गरेको दाबी गरेका छन् ।

#इरानसमाचार #TrumpStatement #InternationalNews #GlobalUpdate #WorldPolitics #USIranRelations #समसामयिकसमाचार #राष्ट्रियसमाचार #मुख्यसमाचार #NepalNews #Geopolitics #IranUpdate #PoliticalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages