

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाले पनि जनताको मनबाट निकालेर देखाउन चुनौती दिएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले ओलीका प्रिय पात्र भन्दै एमालेका महासचिव शंकर पोखरेल लक्षित अभिव्यक्ति दिएका हुन् ।

लामिछानेले भने ‘रास्वपा जनताको पक्षमा, सुशासनको पक्षमा उभिने, वकालत गर्ने पार्टी हो, हामी सरकारमा काम गरिरहेको बेला बा (केपी ओली) र उनका प्रिय पात्र(शंकर पोखरेल)हरूले मलाई जेल पुर्याए । सक्छौँ भने जनताको मनबाट हटाएर देखाउ ।’


साथै उनले आफूलाई जेल पुर्याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने बताए । उनले भने ‘सुशासनका पक्षमा काम गर्दैगरेको एउटा सांसदलाई, भ्रष्टाचारीको फाइल खोल्न लागेका बेला मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्याउनेहरू पनि यही क्षेत्रबाट निर्वाचन उठेको सुनेको छु, ’ लामिछानेले भने ।
#शंकरपोखरेल #रविलामिछाने #रास्वपा #NepalPolitics #PoliticalNews #ElectionNepal #DangPolitics #समसामयिकसमाचार #राष्ट्रियसमाचार #मुख्यसमाचार #NepalNews #PoliticalDebate #ElectionUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



