चिप निर्माता एनभीडियाको रेकर्ड आम्दानी

 

काठमाडौँ । विश्वको प्रमुख चिप निर्माता एनभीडियाले वित्तीय वर्ष २०२५-२०२६ मा रेकर्ड २१ खर्ब ६५ अर्ब रुपैयाँ (२१५.९ अर्ब डलर) आम्दानी गरेको घोषणा गरेको छ । धेरै लगानीकर्ताहरूले कृत्रिम बुद्धिमत्ता प्रविधिमा ठूलो लगानी गर्नेबारे शंका व्यक्त गरिरहेका बेला एनभीडियाले कीर्तिमानी आम्दानी गरेको हो ।

कम्पनीले विश्लेषकहरूको पूर्वानुमानलाई गलत साबित गर्दै अन्तिम तीन महिनाको बिक्री गत वर्षको तुलनामा ७३ प्रतिशतले बढेको जनाएको छ ।

एनभीडियाको आम्दानी अघिल्लो आर्थिक बर्षको भन्दा ६५ प्रतिशतले बढेको जनाएको छ । त्यस्तै चौथो क्वाटरमा ६८.१ बिलियन डलर आम्दानी गरेको जनाएको छ ।

एनभीडियाका प्रमुख जेनसन ह्वाङले भनेका छन्- ‘कम्प्युटिङको माग तीव्र गतिमा बढ्दैछ । हाम्रा ग्राहकहरू कृत्रिम बुद्धिमत्ता कम्प्युटमा लगानी गर्न दौडमा छन्. जसले यस क्षेत्रको औद्योगिक क्रान्तिको इन्धन र भविष्यको विकास सुनिश्चित गर्नेछ ।’

एनभीडियाले एआई क्षेत्रमा विभिन्न कम्पनीहरूलाई चिप आपूर्ति गर्दै आएको छ र पछिल्ला हप्ताहरूमा आफ्नै नयाँ प्रविधिहरूको माध्यमबाट बजार माग बढाउने योजना समेत सार्वजनिक गरेको छ ।

हाल एनभीडिया विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनी हो, जसको बजार मूल्य करिब ६५ खर्ब ४८ अर्ब रुपैयाँ (४.८ ट्रिलियन डलर) रहेको छ।

images

कम्पनीले प्रमुख कृत्रिम बुद्धिमत्ता मोडेल विकासकर्ताहरूलाई अत्याधुनिक चिप्स उपलब्ध गराउँदै यस क्षेत्रको पूर्वाधार विस्तारमा केन्द्रिय भूमिका निर्वाह गरेको छ ।

आर्थिक वर्ष २०२६ मा, एनभीडियाले शेयरधारकहरूलाई पुन: खरिद गरिएको शेयर र नगद लाभांशको रूपमा $४१.१ बिलियन फिर्ता गरेको जनाएको छ । चौथो त्रैमासिकको अन्त्यसम्ममा, कम्पनीको शेयर पुनर्खरीद प्राधिकरण अन्तर्गत ५८.५ बिलियन डलर बाँकी थियो ।

images

एनभीडियाले अप्रिल १, २०२६ मा मार्च ११, २०२६ मा रेकर्ड भएका सबै शेयरधारकहरूलाई प्रति शेयर ०.०१ डलरको अर्को त्रैमासिक नगद लाभांश भुक्तानी गर्ने बताएको छ ।

#Nvidia #TechNews #ChipManufacturer #RecordEarnings #TechnologyUpdate #BusinessNews #FinancialUpdate #GlobalMarket #समसामयिकसमाचार #मुख्यसमाचार #NepalNews #EconomicNews #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

images

Nepal life insuranceimagesimages