

काठमाडौँ । जेफ्री एपस्टाइन प्रकरणमा स्वर्गीय ब्रिटिश वैज्ञानिक स्टीफन हकिङको दुई बिकिनी लगाएका महिलाहरूसँगको तस्बीर अहिले भाइरल भएको छ । यो तस्बिर २००६ को हो भनिएको छ ।

परिवारले तस्बीर बारे स्पष्ट पार्दै तस्बिरमा रहेका महिलाहरू उनको लामो समयदेखि हेरचाह गर्नेहरु भएको र अनुचित व्यवहारको कुनै पनि आरोप निराधार रहेको बताएको छ ।
तस्बिर क्यारिबियन टापु सेन्ट थोमसको रिट्ज-कार्लटन होटलमा लिइएको बताइएको छ, जहाँ एपस्टाइनले मार्च २००६ मा एक वैज्ञानिक सम्मेलन आयोजना गरेका थिए । कार्यक्रममा २१ जना अन्तर्राष्ट्रिय वैज्ञानिकहरू उपस्थित थिए ।
अमेरिकी न्याय विभागले जारी गरेको एपस्टाइनसँग सम्बन्धित कागजातहरूमा हकिङको नाम धेरै पटक देखा परेका छन् । यद्यपि, उपलब्ध कागजातहरूले यस तस्बिरसँग सम्बन्धित कुनै पनि अनुचित गतिविधिको उल्लेख भने गरिएको छैन ।
२०१५ को इमेलमा, एपस्टाइनले हकिङविरुद्धको आरोपलाई झूटो भनेर खारेज गरेका थिए । स्टीफन हकिङको मृत्यु २०१८ मा ७६ वर्षको उमेरमा भएको थियो । उनी लामो समयदेखि एएलएस रोगबाट पीडित थिए ।
#StephenHawking #ViralPhoto #SocialMediaTrend #GlobalNews #ScienceIcon #समसामयिकसमाचार #मुख्यसमाचार #अन्तर्राष्ट्रियसमाचार #NepalNews #TrendingNow #NepalUpdate #ViralNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



