

काठमाडौँ । अमेरिका र इजरायलको आक्रमणमा इरानको सर्वोच्च रक्षा परिषद्का नेताका प्रतिनिधि अली शामखानी र इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्सका कमाण्डर इन चीफ मेजर जनरल मोहम्मद पाकपुरको मृत्यु भएको छ ।
इरानी मिडिया प्रेस टिभीका अनुसार दुवैको शनिबार भएको आक्रमणमा मृत्यु भएको हो ।


अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीसहित ४० वरिष्ठ अधिकारीको मृत्यु भएको दाबि गरिएको छ ।
यसैबीच इरानमा सत्ता सम्हाल्न तीन सदस्यीय समिति गठन गरिएको छ । इरानको राज्य सञ्चालित एजेन्सी, इरनाका अनुसार, देशमा सत्ता सम्हाल्न तीन सदस्यीय अस्थायी समिति गठन गरिएको छ ।
यो समितिमा राष्ट्रपति, सर्वोच्च अदालत (न्यायपालिका) का प्रमुख र अभिभावक परिषद्का एक धर्मगुरु हुनेछन् । यी तीन जना मिलेर हालका लागि देशको सबै मामिलाहरू व्यवस्थापन गर्ने बताइएको छ ।
नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म, यो तीन सदस्यीय टोलीले देशको सरकार र प्रणालीलाई सुचारु रूपमा सञ्चालन गर्न सुनिश्चित गर्न सबै प्रमुख निर्णयहरू गर्नेछ ।
#इरान #खामेनी #अमेरिकाइजरायलआक्रमण #MiddleEastCrisis #WorldNews #IranAttack #RevolutionaryGuards #GlobalConflict #InternationalAffairs #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



