

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिका तथा उसका सहयोगी देशहरूमाथि आक्रमण नगर्न कडा चेतावनी दिएका छन् ।
आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानले आजसम्मकै शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको उल्लेख गर्दै इरानले यदि अमेरिका वा इजरायलमाथि हमला गरे त्यसको जवाफमा अहिलेसम्म कहिल्यै नदेखिएको शक्तिशाली सैन्य कारबाही गरिने चेतावनी दिएका हुन् ।

ट्रम्पले इरानलाई प्रतिकारात्मक कदम नचाल्न आग्रह गर्दै आक्रमण भए कडा प्रतिक्रिया दिइने स्पष्ट पारेका छन् । उनले भनेका छन्- ‘इरानले भर्खरै भनेको छ, उनीहरूले आज धेरै कडा प्रहार गर्नेछन्, पहिले कहिल्यै प्रहार नगरेको भन्दा कडा । यद्यपि, उनीहरूले त्यसो नगरेकै राम्रो, किनकि यदि उनीहरूले त्यसो गरे भने, हामी उनीहरूलाई यस्तो बलले प्रहार गर्नेछौं, जुन पहिले कहिल्यै देखिएको थिएन !’
शनिबारदेखि अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानमा सर्वोच्च नेता आयोतुल्लाह खामेनीसहित शिर्ष ४० वरिष्ठ अधिकारी मारिएको दाबी गरिएको छ । आफ्ना सर्वोच्च नेता मारिएपछि इरानले जवाफी कारवाही गर्दै मध्यपुर्वका ९ देशमा आक्रमण गरिरहेको छ ।
#ट्रम्प #इरान #अमेरिका #MiddleEastTension #WorldPolitics #InternationalNews #GlobalUpdate #USIranRelations #BreakingNews #DiplomaticWarning #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



