

काठमाडौँ । प्रतिनिधि सभाको जारी मत गणनाको नतिजा आउने क्रम शुरु भएको छ । जस अनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ सिटमा जित हासिल गरेओ छ भने नेपाली काँग्रेसले ५, नेकपाले २ र नेकपा एमालेले एक ठाउमा जित हासिल गरेका छन् ।

जस अनुसार रास्वपाका मोरङ- ६ मा रुविना आचार्य, धनुषा- ३ मा मनिष झा, कास्की- ३ मा विना गुरुङ, काठमाडौँ- १० मा प्रदिप विष्ट, मोरङ- ४ मा सन्तोष राजबंशी, काठमाडौँ- ९ मा डोल प्रसाद अर्याल, महोत्तरी- १ मा प्रमोद कुमार महतो, बाँके- १ मा सुरेश कुमार चौधरी, कास्की- २ मा उत्तम प्रसाद पौडेल, काठमाडौँ- ५ मा सस्मित पोखरेल, बाँके-३ मा खगेन्द्र सुनार, काठमाडौँ- ४ मा पुकार बम, स्याङ्जा- १ मा धनन्जय रेग्मी, रुपन्देही-४ मा कन्हैया बानिया, काठमाडौँ- ७ मा गणेश पराजुली, काठमाडौँ- ६ मा शिशिर खनाल, काठमाडौँ- ८ मा विराज भक्त श्रेष्ठ, काठमाडौँ- ३ मा राजुनाथ पाण्डे, काठमाडौँ-१ मा रन्जु न्यौपाने विजयी भएका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट दैलेख-१ मा बासना थापा, तेर्हथुम-१ बाट सन्तोष सुब्बा, रसुवाबाट मोहन आचार्य, मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेक बहादुर गुरुङ विजयी भएका छन् ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट रुकुमपूर्वबाट पुष्पकमल दाहाल प्रचण्ड र कालिकोटबाट महेन्द्र बहादुर शाही विजयी भएका छन् ।
त्यसैगरी नेकपा एमालेबाट बाँके-२ मा मोहमद इश्तियाक राई विजयी भएका छन् ।
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



