-अर्घाखाची डटकम
अर्घाखाँची — प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि प्रसाद भुसाल अर्घाखाँचीबाट ३५,०२३ मत प्राप्त गरि विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी पीताम्बर भुसाल ( प्राप्त मत २२,६४९ ) लाई पराजित गर्दै उनले संघीय संसदको यात्रा तय गरेका हुन्।
प्रतिनिधि सभा सदस्य–२०८२ : हरि प्रसाद भुसाल (RSP) विजयी!
🔔 ३५,०२३ मत- हरि प्रसाद भुसाल / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
☀️ २२,६४९ – पिताम्बर भुसाल (एमाले)
🌳 १८,९८३ – विष्णु प्रसाद खनाल (कांग्रेस)
⭐ ३,८४७ – रामबहादुर चौहान (नेकपा)
⚒️ २,०४४ – झविन्द्र फल्लेल (राप्रपा)
🥛 १,८०९ – पशुपति ढकाल (राष्ट्रिय जनमोर्चा)
अन्तिम मत परिणाम अनुसार हरि प्रसाद भुसाल निर्वाचित


अर्घाखाँचीबाट रास्वपाको यो जितलाई धेरैले दमदार र ऐतिहासिक परिणामका रूपमा लिएका छन्। परम्परागत दलहरूबीचको प्रतिस्पर्धालाई चुनौती दिँदै भुसालले मतदाताको विश्वास जितेका हुन्।

३७ वर्षीय भुसाल त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुन्। लेखक, मिडिया सञ्चालक तथा सामाजिक अभियन्ताका रूपमा परिचित उनी सन्धिखर्कमा आर्टस् व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनी लायन्स क्लब अर्घाखाँचीका संस्थापक अध्यक्ष तथा अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव समेत हुन्। सामाजिक र व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै उनले जिल्लामा नयाँ राजनीतिक विकल्पको रूपमा आफ्नो पहिचान बनाएका थिए।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि भुसालले उम्मेदवारी दिएका थिए। त्यसबेला उनले करिब ३ हजार २०० मत प्राप्त गरेका थिए। यद्यपि त्यो निर्वाचनमा सफलता हात नपरे पनि त्यसपछिका वर्षहरूमा उनले अर्घाखाँचीमा रास्वपाको संगठन विस्तारमा सक्रिय भूमिका खेले। जिल्ला समिति गठनदेखि गाउँ–नगर तहसम्म पार्टी संरचना निर्माण गर्दै उनले संगठनलाई मजबुत बनाएका थिए।


यसपटकको निर्वाचनमा कांग्रेसबाट विष्णुप्रसाद खनाल १८,९८३ मत , एमालेबाट पीताम्बर भुसाल २२,६४९ मत – , नेकपाबाट रामबहादुर चौहान ३,८४७ – मत , जनमोर्चाबाट पशुपतिनाथ ढकाल १,८०९ –मत तथा राप्रपाबाट झविन्द्र फुल्लेल २,०४४ – मत प्राप्त गरेका छन । सोहि अनुसार उल्लेखित उम्मेद्वार चुनाबी मैदानमा थिए। कडा प्रतिस्पर्धाबीच भुसालले मतदाताको विश्वास जित्दै अन्ततः प्रतिनिधि सभा सदस्य पदमा विजय हासिल गरेका हुन्।

जनताको विश्वास जित्दै हरि प्रसाद भुसाल संसदको यात्रामा
भुसालको विजयसँगै अर्घाखाँचीमा परिवर्तनको आशा थपिएको छ। जिल्लावासीले विकास, सुशासन र पारदर्शिताको अपेक्षा गर्दै उनलाई संसदमा पठाएको प्रतिक्रिया दिएका छन्। लामो समयदेखि अधुरा रहेका सडक, शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य पूर्वाधार विकासका योजना अब अघि बढ्ने अपेक्षा गरिएको छ।


परिवर्तनको मत: अर्घाखाँचीले संसद पठायो हरि प्रसाद भुसाललाई
मतदाताले दिएको विश्वासलाई सही रूपमा सदुपयोग गर्दै अब सांसद भुसालका लागि अर्घाखाँचीको समग्र विकासका लागि सशक्त भूमिका निभाउने चुनौती र अवसर दुवै रहेको छ। जिल्लावासीले पनि उनको संसदीय यात्राबाट अर्घाखाँचीको मुहार फेरिने आशा व्यक्त गरेका छन्।

अर्घाखाँचीबाट दमदार जित हासिल गरेका नवनिर्वाचित सांसद हरि प्रसाद भुसाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।




#Arghakhanchi #RSP #HariprasadBhusal #ElectionWinner #NepalElection #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD