

काठमाडौँ । चितवन- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले अहिलेसम्मकै सबधिक मत ल्याएर विजयी भएकी छन् ।
सोबिताले ५९ हजार २७७ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिष्पर्धी रेणु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा नेपाली काँग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत प्राप्त गरेका थिए ।


योसँगै रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ ४७ सिट जितेको छ भने अझै ७३ सिटमा अगाडी रहेको छ ।
त्यस्तै नेपाली काँग्रेसले ८ सिटमा जित हासिल गरेको छ भने ७ सिटमा अगाडी रहेको छ । त्यस्तै एमाले र नेकपा २-२ सिटमा विजयी भएका छन् भने १०-१० सिटमा अगाडी रहेका छन् ।



