

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आम निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले नेपाली दाजुभाइ तथा दिदीबहिनीले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुशी लागेको बताएका छन् ।

उनले नेपालमा भएको निर्वाचनलाई देशको लोकतान्त्रिक यात्राको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले भारत नेपालका लागि नजिकको मित्र र छिमेकी मुलुक भएको उल्लेख गर्दै नयाँ सरकार तथा नेपाली जनतासँग सहकार्य गर्दै शान्ति, प्रगति र समृद्धिका साझा लक्ष्य हासिल गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् ।
#NepalElection #Modi #IndiaNepalRelations #PoliticalCollaboration #SharedProsperity #NepalPolitics #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



