आज विश्व धर्म दिवस । यस दिवसका अवसरमा राजधानीमा राष्ट्रिय बहाइ सेन्टरले विभिन्न कार्यक्रम गरी मनाएको छ । विभिन्न धर्मका गुरुहरुले प्रार्थना गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
सबै धर्मबीच धार्मिक र आध्यात्मिक एकता, सहिष्णुता, सद्भाव गरी मानव सभ्यता, संस्कृति र धार्मिक स्वतन्त्रतालाई नजिकबाट बुझ्न र अगाडी बढाउने उद्देश्यले करिब ६२ बर्ष अघिदेखि संयुक्त राज्य अमेरिकाले यस दिवसको स्थापना गरी मनाउन सुरु गरेको हो ।