– गायक राम कृष्ण ढकालले उक्त विशाल कार्यक्रममा आफ्ना पुराना- नयाँ गरी आधा दर्जन भन्दा बढी प्रस्तुती पस्किएका थिए । उनको उक्त प्रस्तुतीका क्रममा साना बच्चा, युवायुवती, बुढापाका देखि राजनीतिक दलका जिल्ला नेताहरु, संचारकर्मी, सुरक्षा अधिकारीहरु पनि सँगै गाएर, नाचेर भरिपूर्ण मनोरन्जन लिएका थिए।
सन्धिखर्क, अर्घाखाँची – माघे सक्रान्ती अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
शान्ती बगैचामा आयोजना गरिएको उक्त माघे सक्रान्ती बिशेष रास्ट्रिय स्तरको भब्य सास्कृतिक कार्यक्रममा आधुनिक गायक राम कृष्ण ढकाल लगायत अन्य लोक दोहोरी,आधुनिक, पप, हास्य कलाकारहरु कुलेन्द्र विक, टिका पुन, जीवन परिवार, विजय सुनाम, राजु सुनार, शिव शंकर बानिया, घन राज सुन्धली, ठाउक गन्धर्व, अर्जुन भुसाल, प्रितम दलित, शान्ता खासु लगायतले आफ्ना बिभिन्न प्रस्तुतीहरु देखाएका थिए।
गायक राम कृष्ण ढकालले उक्त विशाल कार्यक्रममा आफ्ना पुराना- नयाँ गरी आधा दर्जन भन्दा बढी प्रस्तुती पस्किएका थिए । उनको उक्त प्रस्तुतीका क्रममा साना बच्चा, युवायुवती, बुढापाका देखि राजनीतिक दलका जिल्ला नेताहरु, संचारकर्मी, सुरक्षा अधिकारीहरु पनि सँगै गाएर, नाचेर भरिपूर्ण मनोरन्जन लिएका थिए।
कलाकार कुलेन्द्र बिकले आफ्नो डाँडै फुर्के नामक गिती एल्बमका गीत पस्किएका थिए।
नगरपालिका सन्धिखर्क स्थित शान्ती बगैचाबाट उक्त राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रमको अर्घाखाँचीडट्कमले प्रत्क्षय भिडियो लाईभ गर्यो।
दिनभर भिडियो लाईभका लागि अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी , सम्पादक बिरेन्द्र केसी, अन्तरराष्ट्रिय प्रमुख उमाकान्त गाउँले एवम अर्घाखाँची प्रमुख प्रतिनिधि प्रदिप नेपाली, दिनेश बि.क.,सहयोगी बि.सी.,प्रेम नारायण आचार्य – गणेश खनाल, शोभाखर पन्थी, आइटी तथा इन्टरनेट सहयोग वल्डलिकं भैंरहवा कम्युनिकेशनका राजन आचार्य लगायतको सहभागीता एवम सहयोग रहेको थियो।
उक्त भिडियो लाईभ विश्वभरबाट दशौ हजारले देख्न पाएका थिए भने कयौले यूरोप देखी-अमेरिकाबाट पनि नसुती नसुती हेरेका थिए। एसियाली देशहरु, अफ्रिका एवम मध्यपुर्व लगायत विश्वभरबाट कयौले ईमेल समेत गरी संपर्क गरिरहेका थिए ।
साथै उक्त कार्यक्रममा हजारौं जिल्लाबासी, जिल्ला बाहिरबाट आएका जनमास, स्थानिय राजनीतिक दलहरुका नेताहरु, सुरक्षा अधिकारीहरु लगायतको उपस्थिती रहेको थियो।
राम कृष्ण ढकालको विषेश प्रस्तुती:-