

अमेरिकी सेन्ट्रल कमाण्डले मंगलवार होर्मुज जलडमरूमध्य नजिकै १६ वटा इरानी माइन बिछ्याउने जहाजहरूमाथि आक्रमण गरेको बताएको छ । अमेरिकी सेनाले मार्च १० मा होर्मुज जलडमरूमध्य नजिकै १६ वटा माइन बिछ्याउने जहाजसहित धेरै इरानी नौसेनाका जहाजहरू नष्ट गरेको बताइएको हो ।

९ वटा जहाजहरूमा हतियार प्रहार भएको देखिएको छ । जसमध्ये धेरैजसो आक्रमणको समयमा किनारमा बाँधिएका जस्ता देखिन्थे । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेयता इरानले पानीमा नौसेनाका माइनहरू बिछ्याएको थियो वा थिएन भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन ।

इरानले होर्मुज जलडमरूमध्य हुँदै जाने अमेरिका र यसका सहयोगी देशहरूको फ्लीट (नौसेनाको समूह) को आवागमन रोक्न मिसाइल र पनडुब्बीहरूको प्रयोग गर्नेछ, इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका नौसेना कमाण्डर अलिरेजा तांगसिरीले बताउनु भयो ।
होर्मुज जलडमरूमध्यमा समुन्द्री यातायातमा हालै भएको अवरोधले ऊर्जा बजार, समुन्द्री यातायात र विश्वव्यापी आपूर्ति शृङ्खलामा पर्नसक्ने सम्भावित असरहरूबारे चिन्ता बढाएको संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकासले मंगलवार बताएको छ ।
#USA #Iran #MilitaryAction #MiddleEast #GlobalPolitics #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



