काभ्रे, ४ माघ काभ्रेबाट खासातर्फ लैजाँदै गरेको करिब एक थान रक्तचन्दन काभ्रेको दोलालघाटमा पक्राउ परेको छ । बुधबार बिहान बा २ ख ७४३४ नम्बरको मिनी भ्यानमा रहेको रक्तचन्दन दोलालघाटका स्थानीय बासिन्दाले पक्राउ गरेका हुन् ।
सवारी चालक फरार रहेको र अहिले उक्त सवारी सधान प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेल जानकारी दिएको छ । उक्त घटनाबारे जानकारी दिन काभ्रे प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गर्दै छ ।



