एनआरएनएको चुनावी माहोल तातो, उम्मेदवारहरूको सूची सार्वजनिक

 

 गैरआवासीय नेपाली संघ (एनआरएनए)को फागुन ३० गतेदेखि हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनसँगै चुनावी सरगर्मी तीव्र भएको छ । अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ।

संस्थालाई निकास दिने र फुटको संघारमा रहेको एनआरएनएको एकता जोगाउने भन्दै व्यानलसहित उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।

अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन्। त्यस्तै, महासचिवका लागि चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) चुनावी मैदानमा उत्रिएका छन् ।

६ जना उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका आकांक्षीहरूमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई र रोशन थापा रहेका छन्।

यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्षमा भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनबीच प्रतिस्पर्धा हुनेछ।

सचिव पदका लागि ८ जना, कोषाध्यक्षमा २ जना र सहकोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। यसका साथै विभिन्न क्षेत्रीय संयोजक र उपसंयोजक पदहरूमा पनि मनोनयन दर्ता भएको छ।

महाधिवेशनबाट एक जना अध्यक्ष, छ जना उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक युवा उपाध्यक्ष निर्वाचित हुनेछन् । त्यसैगरी महासचिव, दुर्ई उपमहासचिव, छ सचिव र एक महिला सचिवको निर्वाचन हुनेछ ।

आर्थिक कार्यभार सम्हाल्न एक कोषाध्यक्ष, तीन सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष चयन हुने व्यवस्था छ । साथै, एक महिला संयोजक, एक युवा संयोजक, छवटा क्षेत्रबाट एक–एक जना गरी छ क्षेत्रीय संयोजक र १७ क्षेत्रीय उपसंयोजक निर्वाचित हुने छ ।

एनआरएनएको महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाण्डुमा आयोजना हुँदैछ।

पद उम्मेदवार संख्या उम्मेदवारको नाम र देश निर्वाचित संख्या
अध्यक्ष 3 रोविनप्रसाद शेरचन (जापान)डा. हेमराज शर्मा (यूके)रविनराज बज्राचार्य (अमेरिका) 1
महासचिव 2 चिरञ्जीवी खड्का (चेक रिपब्लिक)रामशरण सिम्खडा (यूके) 1
उपाध्यक्ष 10 ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई, रोशन थापा 6
महिला उपाध्यक्ष 1 राधिका गुरुङ (टीका) 1
युवा उपाध्यक्ष 3 भीमसेन थापा, मदनराज पौडेल, ओमान गौचन 1
सचिव 8 विभिन्न उम्मेदवार 6
कोषाध्यक्ष 2 विभिन्न उम्मेदवार 1
सहकोषाध्यक्ष 4 विभिन्न उम्मेदवार 3 + 1 महिला
क्षेत्रीय संयोजक 6 विभिन्न क्षेत्रबाट 6
क्षेत्रीय उपसंयोजक 17 विभिन्न क्षेत्रबाट 17

#NRNA #NepalDiaspora #ElectionUpdate #CandidateList #NepalPolitics #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages