जहाजमाथि आक्रमण भएपछि थाइल्याण्डले इरानका राजदूतसँग माग्यो स्पष्टीकरण

 

काठमाडौँ । थाइल्याण्डको झण्डा बोकेको जहाजमाथि आक्रमण भएपछि थाइल्याण्ड सरकारले इरानका राजदूतलाई तलब गरेको छ ।

थाइल्याण्डको विदेश मन्त्रालयले जहाजमाथि भएको आक्रमणबारे स्पष्टीकरण लिन राजदूतलाई बोलाइएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त भेटमा घटनासँग सम्बन्धित तथ्य र परिस्थितिबारे छलफल गरिनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा ‘मयूरी नारी’ नामको जहाजमाथि आक्रमण भएको थियो । जहाज सञ्चालन गर्ने कम्पनीका अनुसार घटनापछि जहाजका तीन जना चालकदल सदस्य सम्पर्कविहीन भएका छन् ।

कम्पनीले उनीहरू जहाजको इन्जिन कक्षमा फसेको हुन सक्ने आशंका व्यक्त गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

#Thailand #Iran #AttackOnShip #DiplomaticRelations #InternationalNews #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages