टर्कीका विदेशमन्त्रीले भनेः इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउनु हुँदैन

 

इरानको क्षेत्रीय अखण्डतामाथि प्रश्न उठाउन नहुने टर्कीका विदेशमन्त्री हाकान फिदानले बताउनुभएको छ । साथै उहाँले इरानमा सत्ता परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभएको छ ।

राजधानी अंकारामा भ्रमणमा रहेका जर्मन विदेशमन्त्री जोहान वाडेफुलसँगको संयुक्त पत्रकार सम्मेलनमा फिदानले यो युद्ध जतिसक्दो चाँडो रोकिनुपर्ने बताउनु भयो ।

इरानको क्षेत्रीय अखण्डताको सम्बन्धमा कुनै समस्या हुनुहुँदैन र सत्ता परिवर्तन जस्ता लक्ष्यहरू राखिनु नहुने उहाँको भनाइ छ ।

यस क्षेत्र जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्कनुपर्ने उहाँले बताउनु भयो । फिदानले इरानका लागि विखण्डनकारी परिदृश्यहरू खडा गर्ने प्रयास भइरहेको भन्दै चेतावनी दिनुभयो ।

#TurkeyForeignMinister #IranSovereignty #MiddleEastPolitics #GlobalDiplomacy #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages