अमेरिका र इजरायलका आक्रमणबाट इरानमा २४ हजारभन्दा बढी भवन ध्वस्त

 

काठमाडौँ । अमेरिका र इजरायलका आक्रमणबाट देशभर ठूलो भौतिक क्षति भएको इरानले दाबी गरेको छ । इरानी सरकारी समाचार संस्था इरनाका अनुसार हालसम्म करिब २४ हजार ५३१ नागरिक भवन क्षतिग्रस्त भएका छन् ।

इरानको उद्धार संस्था रेड क्रिसेन्ट समाजले तीमध्ये करिब १९ हजार ७७५ घरमा क्षति पुगेको जनाएको छ । त्यस्तै आक्रमणका कारण ४ हजार ५११ पसल तथा व्यापारसँग सम्बन्धित भवनहरू पनि प्रभावित भएका छन् ।

यसका साथै ६९ विद्यालयमा क्षति पुगेको र १९५ जना शिक्षक तथा विद्यार्थी घाइते भएको जनाइएको छ । आक्रमणका क्रममा १६ वटा रेड क्रिसेन्ट केन्द्र, २१ वटा उद्धार सवारी साधन र १९ वटा एम्बुलेन्ससमेत क्षतिग्रस्त भएको इरानले जनाएको छ।

#IranAttack #USIsraelConflict #BuildingDestruction #MiddleEastCrisis #GlobalNews #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages