जनताको सुख–दुःखमै रहन्छु, काम पर्दा मात्रै राजधानी जान्छु : सांसद भुसाल

 

टेकराज भुसाल,अर्घाखाँची।

अर्घाखाँची। अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले आफू विगतका सांसदहरू जस्तो राजधानी केन्द्रित नहुने बताउनुभएको छ। उहाँले जनताको बीचमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। निर्वाचनपछि जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै हिँड्नुभएका सांसद भुसालले शुक्रबार भूमिकास्थान नगरपालिकाकाे ढाकावाङ्ग र धारापानीमा स्थानीय बासिन्दालाई धन्यवाद दिने क्रममा यस्तो बताउनुभएको हो।

उहाँले सांसद पद जनताको सेवा गर्ने जिम्मेवारी भएको उल्लेख गर्दै आफू सधैं जनताको सुख–दुःखमा साथ रहने बताउनुभयो। “म बोल्नका लागि होइन, काम गर्नका लागि आएको हुँ,” उहाँले भन्नुभयो, “सधैं जनताको बीचमै रहनेछु। काम परेको बेलामा मात्रै राजधानी जाने मेरो योजना छ।”

सांसद भुसालले निर्वाचनमा दिएको विश्वास र समर्थनका लागि मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जिल्लाको विकास, पूर्वाधार निर्माण तथा जनताको आवश्यकतासँग जोडिएका मुद्दामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

धन्यवाद कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले सांसद भुसालसँग क्षेत्रको विकास, सडक, शिक्षा तथा अन्य आधारभूत पूर्वाधारका कामलाई प्राथमिकता दिन आग्रह गरेका थिए।

#भुसाल #जनता #राजनीति #अर्घाखाँची #समाचार #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages