नेपाली आकाशमा देखिएको चम्किलो दृश्य ‘चिनियाँ रकेट’ हुनसक्ने

 

काठमाडौँ । नेपालका विभिन्न भूभागबाट आइतबार साँझ आकाशमा देखिएको चम्किलो वस्तु बारे सामाजिक सञ्जालमा भाइरल भएको छ । रकेट जस्तो उज्यालो देखिएको चम्किलो दृश्यका तस्बिर तथा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका हुन्  ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले यो कुनै खगोलीय पिण्ड नभई चिनियाँ रकेट हुन सक्ने उल्लेख गरेको छ । नासोका अनुसार यो दृश्य नेपालसहित भुटान, बंगलादेशका केही भाग र तिब्बतबाट पनि देखिएको हुन सक्ने बताइएको छ । 

नासोले भनेको छ: 

आज साँझ नेपालका विभिन्न स्थानहरूबाट आकाशमा देखिएको उज्यालो दृश्य वास्तवमा नेपालमाथि उडेको रकेट होइन। सम्भावित रूपमा चीनबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीबाट करिब २००–४०० किलोमिटर उचाइमा पुगेपछि त्यसको धुवाँ सूर्यको प्रकाशले उज्यालो भएर देखिएको घटना हो । रकेट यति धेरै उचाइमा पुगेपछि त्यसबाट निस्कने ग्यास धेरै फैलिन्छ र पृथ्वीका हजारौँ किलोमिटर टाढासम्मबाट पनि देखिन सक्छ।

त्यसैले नेपाल, भूटान, भारतको असम लगायतका क्षेत्रबाट पनि एकै समयमा यो दृश्य देखिएको हुन सक्छ । महत्वपूर्ण कुरा के हो भने, यस्तो अवस्थामा रकेट नेपालमाथि उडिरहेको हुँदैन। त्यो धेरै टाढा, सम्भवतः नेपालभन्दा उत्तरतर्फ चीन वा तिब्बतको आकाशमाथि रहेको हुन्छ। तर अत्यन्त उचाइका कारण यसको उज्यालो धुवाँ नेपालबाट पनि देखिन्छ । यस प्रकारको घटनालाई वैज्ञानिक भाषामा ‘ट्वाइलाइट रकेट प्लुम’ भनिन्छ, जुन उपग्रह प्रक्षेपणका क्रममा कहिलेकाहीँ देखिने सामान्य खगोलीय दृश्य हो।

#ChineseRocket #SkyObject #NepalSky #SpaceNews #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🚀

 

Nepal life insuranceimagesimages