

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ, डिजेलमा १० रुपैयाँ वृद्धि गरेको हो ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि भएपछि नेपालमा पनि वृद्धि भएको निगमले जनाएको छ ।

नयाँ मूल्य दर अनुसार पहिलो, दोस्रो र तेस्रो वर्गलाई पेट्रोलको मूल्य क्रमश १६९ रुपैयाँ, १७१ रुपैयाँ र १७२ रुपैयाँ पर्नेछ ।
त्यस्तै डिजेल पहिलो, दोस्रो र तेस्रो वर्ग अनुसार क्रमश १४९ रुपैयाँ, १५१ रुपैयाँ र १५२ रुपैयाँ पर्नेछ ।
नयाँ मूल्यदर आज राति १२ बजेबाट लागू हुनेछ ।
#PetrolPrice #DieselPrice #FuelPriceHike #NepalOil #PriceUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD ⛽



