बग्दादस्थित अमेरिकी दुतावासमा ड्रोन आक्रमण

 

बग्दादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । जसमा हालसम्म कुनै हताहत भएको जानकारी प्राप्त नभएको एक सुरक्षा स्रोतले बताएको छ । इराकी गृह मन्त्रालयका एक स्रोतले नाम नबताउने शर्तमा बताएअनुसार बिहानै ग्रिन जोनमा रहेको दुतावासमा विष्फोटक पदार्थ जडित ड्रोनले आक्रमण गरेको थियो।

हताहतको बारेमा तत्काल कुनै जानकारी उपलब्ध छैन र घटनास्थलबाट धुवाँ उडिरहेको देखिएको थियो । यो आक्रमण बग्दादको कर्राडा छिमेकमा रहेको आवासीय क्षेत्रमा करिव एक घण्टाअघि भएको अमेरिकी हवाई आक्रमण पछि भएको हो । उक्त हवाई आक्रमणमा इराकको अर्धसैनिक पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) का एक वरिष्ठ नेता र दुई सदस्य मारिएका थिए भने छिमेकी घरहरूमा रहेका पाँच सर्वसाधारण घाइते भएका थिए ।

इराकी संयुक्त अपरेसन कमाण्डको सेक्युरिटी मिडिया सेल (एसएमसी) ले सर्वसाधारणलाई लक्षित गर्ने र घना बस्ती भएका आवासीय क्षेत्रहरूमा आक्रमण गर्ने खतरनाक र अभूतपूर्व वृद्धिको निन्दा गरेको छ । एसएमसीले यसलाई मानव अधिकारमाथिको आक्रमण भनेको छ र यो कार्यलाई अन्तर्राष्ट्रिय रूपमा अपराधको रूपमा वर्गीकृत गरिनुपर्ने बताएको छ । मार्च ७ मा, बग्दादस्थित अमेरिकी दूतावासलाई रकेटहरूद्वारा लक्षित गरिएको थियो । विष्फोटको आवाज सुनिएको थियो । जसले यसको रक्षा प्रणालीहरू सक्रिय बनाएको थियो ।

images

विगत केही दिनहरूमा, दर्जनौं पीएमएफ सदस्यहरू आक्रमणहरूमा मारिएका छन् । जसको लागि समूहले अमेरिका–इजरायली अपरेसनहरूलाई दोष दिएको छ । फेब्रुअरी २८ बाट इरानमा शुरु भएको संयुक्त अमेरिका–इजरायली आक्रमणपछि बढेको तनावको बीचमा यी आक्रमणहरू भएका हुन् । जसको जवाफमा इरान र यसका क्षेत्रीय सहयोगीहरूले मध्य पूर्वभरि इजरायली र अमेरिकी हितहरूमाथि आक्रमण गरेका थिए ।

#Baghdad #USEmbassy #DroneAttack #MiddleEast #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages