

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ प्रगति नगर (भालुखोला) निवासी प्रेमबहादुर थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा सम्पन्न गरिएको छ।


श्रीमती कमला देवी थापाका जेष्ठ सुपुत्र, पार्बता थापा र शुसिला थापाका श्रीमान, अमृत थापा, प्रशान्त थापा, प्रतिभा थापा र अनिशा थापाका बुवा, रमेश थापाका दाजु तथा शरिता थापाका जेठाजु समेत रहनुभएका थापाको मिति २०८२ फागुन २८ गते बुटवल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

स्व. थापा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ अखिल नेपाल बाल संगठनमार्फत सामाजिक गतिविधिमा सक्रिय रहँदै पछि राष्ट्रिय जनमोर्चाका सक्रिय सदस्यसमेत रहनु भएको थियो। उहाँको असामयिक निधनले समाजले एक सामाजिक तथा सांगठनिक व्यक्तित्व गुमाएको बताइएको छ।

यसै सन्दर्भमा राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगरपालिका वडा नं. ७ वडा समिति, अर्घाखाँचीको आयोजनामा शोकसभा सम्पन्न गरिएको हो। कार्यक्रममा उपस्थित सबैले स्वर्गीय थापाको आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। “शोक सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी. लगायत स्थानीय नेताहरू तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।”

“शोक सभामा राष्ट्रिय जनमोर्चा, नेपाली एकता समाजका नेता गोविन्द थापा , अरुण भट्टराई, दिलदाल हुसेन, वसन्त खड्का, हस्तबहादुर पाण्डे, गोपाल नेपाली, रामचन्द्र के.सी., आरता टन्डन, निर्मला के.सी. तथा गीता थापा लगायतका व्यक्तिहरूका साथै स्थानीय शुभेच्छुकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
#Arghakhanchi #Sandhikharka #Rajamo #Shradhanjali #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



