पूर्वमा गत वर्षको तुलनामा यस वर्ष तेब्बर अदुवा उत्पादन भएपनि बिक्री नभएपछि कृषकहरु चिन्तित

पूर्वमा गत वर्षको तुलनामा यस वर्ष तेब्बर अदुवा उत्पादन भएपनि बिक्री नभएपछि कृषकहरु चिन्तित भएका छन् ।

 

पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, सङखुवासभालगायतका जिल्लामा उत्पादन हुने अदुवा बिक्रीनै नभएपछि कृषक चिन्तित भएका हुन् ।

 

गत वर्ष पाँचथरमा बिउँ रोप्ने सिजनमा प्रतिमन २५ सय रुपैयाँ तथा अरु बेला प्रतिमन १५ सय रुपैयाँले बिक्री भएको थियो ।

 

तर यो वर्ष ब्यापारीले प्रतिमन २ सय रुपैयाँले पनि किन्न नमानेपछि कृषकले यस वर्षको अदुवा पनि निकालेका छैनन् ।

 

पाँचथरका सबैजसो गाविसमा उत्पादन हुने अदुवा गत वर्ष ५ हजार क्वीन्टल भारत निर्यात भएको थियो । यस वर्ष १५ हजार क्वीन्टलभन्दा बढी अदुवा उत्पादन हुने अनुमान छ ।