बलिउड अभिनेत्री लारा दत्ताले छोरी जन्माइन्


 

मुम्बई –  बलिउड अभिनेत्री लारा दत्ताले छोरी जन्माएकी छिन्। ‘इट्स अ गर्ल’ भन्दै उनका पति महेश भुपतिले आज अपराह्‍न ट्विट गरेपछि उनीहरुलाई बधाई दिनेको लर्को लागेको छ। ‘अन्दाज’बाट बलिउड यात्रा सुरु गरेकी मिस युनिभर्स दत्ताले गएको वर्ष टेनिस खेलाडी भुपतिसँग बिहे गरेकी थिइन्।

 

‘डन २’को अन्तिम दृश्य सुटिङपछि दत्ताले आफू गर्भवति भएकी घोषणा गरेकी थिइन्।


बलिउडमा यसअघि अमिताभ बच्चनकी बुहारी तथा विश्‍व सुन्दरी ऐश्वर्या राय बच्चनले पनि छोरी जन्माएकी थिइन्।

 

 
एजेन्सी