पाकिस्तानको हवाई आक्रमणमा काबुलको अस्पतालमा ४ सय जनाको मृत्युः अफगान अधिकारी

 

पाकिस्तानको वायुसेनाले अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा लागुऔषध दुव्र्यसनी उपचार अस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको छ । जसमा कम्तीमा ४ सय जनाको मृत्यु भएको र करिव २ सय ५० जना घाइते भएको एक अफगान अधिकारीले बताउनु भयो ।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक विज्ञप्तिमा सोमवार स्थानीय समयअनुसार राति करिव ९ बजे भएको हवाई आक्रमणले काबुलको ओमिद एडिक्सन ट्रिटमेन्ट अस्पतालमा प्रहार गरेको बताउनु भयो । लागुऔषध दुव्र्यसनी बिरामीहरूको उपचारका लागि समर्पित २ हजार शैय्याको यो अस्पताल आक्रमणमा ठूलो मात्रामा ध्वस्त भएको फितरतले बताउनु भयो ।

हताहत हुनेको संख्या अझै बढ्नसक्ने चेतावनी दिनुभयो । अधिकारीका अनुसार हवाई आक्रमणले अस्पतालमा ठूलो आगलागी भएको थियो । यसैबीच पाकिस्तानले सोमवार अफगान सरकारको दाबीलाई खण्डन गर्दै देशले अफगानिस्तानमा सैन्य प्रतिष्ठान र आतंकवादी समर्थन पूर्वाधारहरूलाई लक्षित गरेको बताएको छ ।

पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयकाअनुसार पाकिस्तानी सुरक्षा बलले काबुल र अफगानिस्तानको नान्गाहार प्रान्तमा पाकिस्तानी जनता विरुद्ध प्रयोग हुने प्राविधिक उपकरण भण्डारण र गोलाबारुद भण्डारणलाई सटिक रूपमा लक्षित गरेको थियो । गत महिनाको अन्त्यमा उनीहरूको सीमामा झडप शुरु भएदेखि अफगानिस्तान र पाकिस्तानबीचको तनाव तिब्र रूपमा बढेको छ । अफगान र पाकिस्तानी अधिकारीहरूका अनुसार दुवै पक्षका दर्जनौं मानिस मारिएका र घाइते छन् ।

#Pakistan #Afghanistan #Kabul #Airstrike #War #BreakingNews #InternationalNews #GlobalNews #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages