

सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशतले बढेर २९ करोड १ लाख पुगेको छ । मलेसियाको तथ्याङ्क विभागले एक विज्ञप्ति जारी गर्दै उक्त वर्ष आन्तरिक पर्यटन खर्च १२१ अर्ब रिंगिट (३०.८६ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ ।

यो खर्च अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतको वृद्धि हो । समग्रमा, बढ्दो पर्यटक संख्या, उच्च पर्यटन खर्च र पर्यटनसँग सम्बन्धित उद्योगहरूको मजबुत प्रदर्शनका कारण मलेसियाको आन्तरिक पर्यटन क्षेत्र आर्थिक वृद्धिको मुख्य खम्बाका रूपमा रहिरहेको छ । विभागकाअनुसार सन् २०२५ मा देखिएको यो निरन्तरको वृद्धिले आन्तरिक मागलाई बलियो बनाउन, लघु, साना तथा मझौला उद्योगहरूलाई सहयोग पु¥याउन र समग्र आर्थिक लचिलोपन अभिवृद्धि गर्न यस क्षेत्रको महत्वपूर्ण भुमिकालाई प्रष्ट पारेको छ ।

चौथो त्रैमासिकको तथ्याङ्कअनुसार आन्तरिक पर्यटकको संख्या वार्षिक १०.८ प्रतिशतले बढेर ७ करोड ४० लाख पुगेको छ । सन् २०२५ को तेस्रो त्रैमासिकको तुलनामा भने चौथो त्रैमासिकमा पर्यटकको संख्या २ प्रतिशतले वृद्धि भएको देखिएको छ । पर्यटन गतिविधिमा भएको वृद्धिसँगै, चौथो त्रैमासिकमा आन्तरिक पर्यटन खर्च ३२.६ अर्ब रिंगिट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.४ प्रतिशतको बढोत्तरी हो । अघिल्लो त्रैमासिकको तुलनामा भने यो खर्च ९.१ प्रतिशतले बढेको पाइएको छ ।
#Malaysia #Tourism #DomesticTourism #TravelIndustry #Economy #Growth #InternationalNews #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



