अर्घाखाँची- सुरक्षित मातृत्वको अभियान: भाले कुखुरा र पौष्टिक आहारसहित सुत्केरीलाई स्थानीय सरकारको सहयोग (तस्बिर सहित)

 

– अनिल नेपाली , अर्घाखाँची डट्कम  ।

सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले सुत्केरी र गर्भवती महिलाहरूलाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरेको छ। वडाकार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा वडाभित्रका करिब ३७ जना सुत्केरी तथा गर्भवती महिलाहरूलाई पौष्टिक आहार प्रदान गरिएको वडा सचिव सीता बिसी पराजुलीले जानकारी दिनुभयो।

May be an image of one or more people and people smiling

कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष चुरा बहादुर केसीले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सुत्केरी आमा र शिशुको सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको बताउनुभयो। उहाँले सुत्केरी र गर्भवती महिलालाई प्रदान गरिएको यो पौष्टिक आहारले स्थानीय सरकारको अपनत्व झल्काउने बताउँदै सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारको रहेको स्पष्ट पार्नुभयो।

No photo description available.

पौष्टिक आहार लिन आएकी सेवाग्राही सरिता घिमिरेले वडाकार्यालयले प्रदान गरेको पौष्टिक आहार पर्याप्त नभए पनि स्थानीय सरकारले उपलब्ध गराएको सामग्री पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले स्थानीय सरकारको यो पहलले सुत्केरी आमाहरूलाई थप उत्साह मिलेको धारणा राख्नुभयो।

No photo description available.

खाँचीकोट स्वास्थ्य चौकीमा सुत्केरी र गर्भवतीहरूलाई पौष्टिक आहारसँगै भ्याक्सिन, भिडियो एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेको छ। स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द विकले मातृशिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि पौष्टिक आहार उपहार दिने गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

May be an image of one or more people

वडाको वार्षिक कार्यक्रम अनुसार वडा भित्रका करिब ३७ जना सुत्केरी र गर्भवती महिलाहरूलाई यो सामग्री वितरण गरिएको वडा सचिव सीता बिसी पराजुलीले जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले समुदायमा सुरक्षित मातृत्वको सन्देश फैलाउन मद्दत पुग्ने बताउनुभयो।

May be an image of one or more people and tree

कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर केसीको अध्यक्षता, वडा सचिव सीता बिसी पराजुलीको सञ्चालन, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द विकको विषयवस्तुमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू डुकलाल पोख्रेल, पुष्पा नेपाली, महिला स्वयम्सेविकाहरू, पत्रकार अनिल नेपाली लगायतको सहभागिता रहेको थियो।

#सन्धिखर्क #वडा७ #सुत्केरी #गर्भवती #पौष्टिकआहार #कुखुराकोभाले #सुरक्षितमातृत्व #स्थानीयसरकार #अपनत्व #खाँचीकोटस्वास्थ्यचौकी #मातृशिशुस्वास्थ्य #कुपोषणन्यूनीकरण #अर्घाखाँची #चुराकेसी #सरिताघिमिरे #प्रेमचन्दविक #सीताबिसी #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages