इरानी उर्जा केन्द्रमा थप १० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रमा हुने आक्रमण १० दिनका लागि स्थगित गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो निर्णय इरानको अनुरोधमा गरिएको र नयाँ समयसीमा अप्रिल ६ तोकिएको बताएका हुन् ।

यसअघि उनले पाँच दिन इरानी उर्जाकेन्द्रमा आक्रमण नगर्ने बताएका थिए । शुक्रबार सकिने भनिएको पुरानो समयसीमा फेरि बढाएर अब अप्रिल ६ साँझसम्म कुनै आक्रमण नहुने जनाइएको छ ।

ट्रम्पका अनुसार यो निर्णय अमेरिका र इरानबीच चलिरहेको वार्तालाई अघि बढाउने उद्देश्यले गरिएको हो । उनले दुई देशबीचको संवाद राम्रो रूपमा अगाडि बढिरहेको दाबी गरेका छन् र यसलाई कूटनीतिक समाधानतर्फको सकारात्मक संकेत मानिएको छ ।

ट्रम्पले इरानले १० वटा तेल ट्यांकरलाई बाटो दिनु विश्वासको संकेत भएको पनि बताएका छन् । ती ट्यांकरमा पाकिस्तानको झण्डा रहेको उल्लेख गर्दै उनले सुरुमा ८ वटा र पछि थप २ वटा ट्यांकर जान दिइएको बताएका छन् ।

ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा उनले इरान आफैंले वार्ताप्रति गम्भीरता देखाउन ट्यांकर जान दिने प्रस्ताव गरेको बताएका थिए । पछि थप २ ट्यांकर पठाएर इरानले थप भरोसा दिलाउन खोजेको उनको भनाइ छ ।

यस्तै, अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले मध्यपूर्व क्षेत्रमा करिब १० हजार थप सैनिक पठाउने सम्भावनाबारे विचार गरिरहेको जनाइएको छ । यसअघि नै पठाउन आदेश दिइएका करिब ५ हजार मरीन र २ हजार प्याराट्रूपरमा थप बल जोडिने बताइएको छ ।

एकातिर अमेरिका र इरानबीच वार्ताको प्रयास भइरहेको छ भने अर्कोतिर सैन्य तयारी पनि बढाइँदै गएको देखिएको छ ।

#Iran #Trump #Energy #Peace #WorldNews #Breaking #IranUSA #GlobalPolitics #Update #Trending #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages