

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरान विरुद्धको युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
साथै, उहाँले इरानलाई आफ्ना छिमेकी राष्ट्रहरूमाथि आक्रमण रोक्न समेत आह्वान गर्नुभएको छ ।
मध्यपूर्वको पछिल्लो अवस्थाबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव गुटेरेसले मानवीय पीडा गहिरिँदै गएको, सर्वसाधारणको हताहती बढ्दै गएको र विश्वव्यापी आर्थिक प्रभाव विनाशकारी बन्दै गएको भन्दै युद्ध अन्त्य गर्ने यो उपयुक्त समय भएको बताउनु भयो ।

सोही अवसरमा राष्ट्र संघका प्रमुखले यस द्वन्द्व र यसका परिणामहरूलाई सम्बोधन गर्ने राष्ट्र संघको प्रयासको नेतृत्व गर्न जिन अर्नाल्टलाई आफ्नो व्यक्तिगत दूतका रूपमा नियुक्त गरेको घोषणा गर्नुभयो । लेबनानको युद्ध पनि रोकिनुपर्नेमा जोड दिँदै उहाँले हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण रोक्न र इजरायललाई लेबनानमा आफ्नो सैन्य कारबाही र हवाई हमलाहरू बन्द गर्न आह्वान गर्नुभयो ।
#UN #Iran #USA #Israel #War #Peace #WorldNews #Breaking #Update #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



